चलचित्र “टुल्की”को सेन्सर पास, पायो ‘यूनिभर्सल’ सर्टिफिकेट

२०७८ मंसिर ८, बुधबार १८:३९ गते २०७८ मंसिर ८, बुधबार १८:३९ गते २०७८ मंसिर ८, बुधबार १८:३९ गते

काठमाडौं – फिल्म ” टुल्की” लाई सेन्सर बोर्डले यूनिभर्सल सर्टिफिकेट दिएको छ । फिल्मले नेपाल सरकार अन्तर्गत केन्द्रीय चलचित्र जाँच समितिबाट यूनिभर्सल सर्टिफिकेट पाएको हो । बुधबार सेन्सर बोर्डका पदाधिकारीहरुले चलचित्र हेरेपछि चलचित्र प्रेमी दर्शकले अभिभावकको साथमा हेर्न मिल्ने गरी यूनिभर्सल सर्टिफिकेट दिएका हुन् ।

द पाल्म ग्रुप प्रा.लीको ब्यानरमा शेखर लामाको प्रस्तुती रहेको यस् हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथामा टुल्की चलचित्र निर्माण गरिएको छ। लक्ष्मण सुनारको कथा, देव जंग थापाको छायाँकन तथा निर्देशनमा बनेको चलचित्रमा आरपि कर्माचार्य र शेखर लामाको लगानी छ ।

शिशिर वाङदेल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायत लगायतको चलचित्रमा अभिनय छ । ब्राम्हण बस्तिमा जन्मेकी युवती शेर्पा युवासँग माया प्रेममा परेर विवाह गरेपछि उनले त्यहाँको संस्कार नबुझेर भोग्नुपरेको कथालाई चलचित्रमा उतारिएको निर्माण टिमले जनाएको छ । करिव ४ वर्षको अध्ययनपछि चलचित्रको निर्माण गरिएको निर्माता शेखर लामाले जानकारी दिए । यो चलचित्र नेपालमा भन्दा पहिले विभिन्न देशमा प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ । साथै, अन्तराष्ट्रिय चलचित्र महोत्सवमा समेत भाग लिने सोँचका साथ चलचित्र निर्माण गरिएको बताईएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *