काठमाडौं । नेपाली कांग्रेसको धादिङको निर्वाचनबाट समावेशी कोटामा अत्याधिक मत ल्याएर केन्द्रीय महाधिवेशन प्रतिनिधिमा बाबुकृष्ण सापकोटा विजयी भएका छन् । गएराती सम्पन्न मतपरिणाममा सापकोटाले आफ्ना प्रतिष्पर्धी हर्कमान तामाङलाई १ सय १२ मतले पराजित गरे । सापकोटाले १ हजार ६६ मत ल्याए भने तामाङले ९ सय ५४ मत पाए ।
सापकोटा जिल्लाका निवर्तमान कोषाध्यक्ष पनि हुन् । सापकोटा राजनीतिसँगै समाजसेवामा पनि सक्रिय रहेका छन् । उनले आफूले नयाँ जिम्मेवारी पाएको र आगामी दिनमा पार्टीको लागि थप सक्रिय भएर लागिरहने बताएका छन् । सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन् । सापकोटा राजनीतिलाई समाजसेवाको रुपमा लिन्छन् । ‘राजनीति भनेको अरुलाई दिने हो, राजनीतिलाई गलत ढंगले प्रयोग गरेर केही बदनाम भएको छ यसलाई सच्याउनुपर्छ’ उनले भने ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0