थानेश्वर गौतम को ‘दिनको घाम रातको जुन’ बोलको गीत सार्वजनिक

२०७८ मंसिर १४, मंगलवार २१:१२ गते २०७८ मंसिर १४, मंगलवार २१:१२ गते २०७८ मंसिर १४, मंगलवार २१:१२ गते

काठमाडौ । नेपालबाट बर्सेनि हजारौं नेपालीहरु वैदेशिक रोजगारका लागि विभिन्न देशमा जाने गरेका छन् । वैदेशिक यात्रामा गइरहेको धेरै उदाहरण तपाई हाम्रै घर वरपर रहेका छन् । नेपालमा रोजगारीको सिर्जना नभएपछि धेरै युवाहरू बिदेश जाने गरेका छन् । वैदेशिक यात्रामा गएपछि केहिको जीवन सुन्दर भएको छ भने धेरैको जीवन बर्बाद नि भएको छ । धन कमाउने आशमा धेरैको जीवन निराश बनिरहेका उदाहरण धेरै व्यक्तिका विमानस्थलमा काठको बाकसमा दैनिक आएका विदेशी रहेका नेपालीको शव बाट नै थाहा हुन्छ ।

वैदेशिक यात्रामा रहेर नेपाली सस्कृतिलाई माया गर्दै आएका गीतकार सुजाता शर्माको शब्द र बहुचर्चित गायक तथा संगीतकार थानेश्वर गौतम को ‘दिनको घाम रातको जुन’ बोलको गीत ‘जननी नेपाल’ ले दुई साता अगाडि थानेश्वर गौतम युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । नेपालीहरुको वैदेशिक यात्रामा जादाको पीडा व्यथा र छुटिदाको मर्मलाई आधार बनाएर उक्त गीतको निर्माण गरिएको थियो । गीतमा स्वर र सङ्गीत भर्ने काम गायक आफैंले गरेका छन भने मुख्य अभिनयको प्रमुख भुमिकामा सनम कठायत र उषा उप्रेती रहेका छन । रोजल थापाको निर्देशन रहेको उक्त गीतको छायांकन राम के शी ले गरेका छन । बाध्यताले घर छाडेर परदेशिन विवश भएका हरेक नेपालीको मन मुटु छुने बेदनाका शब्दले भरिपुर्ण बिल्कुलै पृथक किसिमको गित बनेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *