केशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचन

२०७८ मंसिर १६, बिहीबार २१:२७ गते २०७८ मंसिर १६, बिहीबार २१:२७ गते २०७८ मंसिर १६, बिहीबार २१:२७ गते

काठमाडौं । कुमारी बाँठा मगर (मनु) द्वारा लिखित उपन्यास “पीडाको पोखरी” र गीति एल्बम “जोवन बैना देउ”आज एक कार्यक्रम बिच बिमोचन भएको छ । बागबजार स्थित होटल हार्दिकको शभाहलमा पुस्तकका सम्पादक गोबिन्द कँडेल “आँसु”को शभापतित्व र नेपालको राष्ट्रिय गानको रचनाकार प्रदिप कुमार राई “ब्याकुल माईला” को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बिषेश अतिथिको रुपमा देखिएका चर्चित समालोचक द्वय राज कुमार बानियाँ र महेश पौडेलले पुस्तकको बारेमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै समालोचक द्वयले उपन्यासको रचनाकार कुमारी बाँठा मगर (मनु) को खुलेर प्रसंसा गरेका थिए । बास्तबिक घटनालाई देखेरनै लेखेझैं गरी सामान्य मानिसले समेत बुझ्ने भाषामा लेखिएको यो उपन्यास का पात्रहरुलाई पनि सहि ठाउँमा उभ्याएर सामाजिक अवस्थाको चित्रण गर्न सक्नुले रचनाकारको असाधरण क्षमताको प्रष्फुटन भएको पाईएको समाचोलक द्वय ले वताए । उपन्यास लेख्नु आफैंमा एक गहनकार्य भएको त्यो माथि पनि यति सरल भाषामा लेख्न सक्नु त महान कार्य नै हो भन्दै सबै बक्ताहरुले रचनाकारको तारीफ गरेका थिए ।

कार्यक्रममा गीति एल्बम “जोवन बैना देउ” बारे बोल्दै संजोग लाफा मगरले बास्तबिक कौडा गीतलाई तोडमोड गरेर दोहोरी जस्तो बनाउने कार्यले कौडा गीत माथि अन्याय भईरहेको ले त्यसमा ध्यान पुर्याउन सर्जक र एल्बम निर्माण पक्षलाई सजग गराएका थिए । गायक तथा संगितकार योगेश काजि शाह ले लोक संस्कृतिको संरक्षणले मात्रै कलाकारलाई बास्तबिक परिचय गराउने महसुस भएपछि आफुपनि पप गीत बाट लोक गीत तिर आएको बताए ।

उनले उपन्यास नै नभएपनि आत्म कथा सम्म लेख्ने चाहना रहेको बताएका थिए । प्रमुख अतिथि ब्याकुल माईलाले आफ्नो संस्कृति भन्दा ठुलो अरु हुनै नसक्ने भन्दै यसलाई जोगाएर राख्न लागिपर्ने सबै सर्जक र कलाकार लाई सदैब सम्मान गर्ने बताए । आधुनिकताको जगमा भुल्दै गएको संस्कृतिलाई जोगाउन नयाँ पूस्तालाई प्रशिक्षित गराउनु हामि सबैको दायित्व भएको उनले बताए । यसै कार्यक्रम बिच कुमारी बाँठा मगर (मनु)को शब्दमा दुर्लभ जेठामान र तारा श्रीष को स्वर रहेको गीति एल्बम “जोवन बैना देउ”को पनि बिमोचन भएको थियो । गुडलक नेपालको अफिसियल युट्युब च्यानल मार्फत दर्शकमा ल्याईएको सो गीतमा अनुप राना , प्रिया घर्ति मगर र अन्जलि गुरुङको अभिनय रहेको छ भने नृत्य तथा निर्देशन केशु पुन मगरको रहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *