सहकारीका सुरक्षागार्डको हत्या गरी लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ

२०७८ मंसिर १७, शुक्रबार ०८:४२ गते २०७८ मंसिर १७, शुक्रबार ०८:४२ गते २०७८ मंसिर १७, शुक्रबार ०८:४२ गते

सहकारीका सुरक्षागार्डको हत्या गरी लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। दोलखा गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुगुस्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थामा कार्यरत सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको हत्या भएको हो।

उनको हत्या गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले दुई जनालाई पक्राउ गरेको हो। दोलखा गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुगुका २७ वर्षीय विक्रम कार्की र २० वर्षीय सुमन कार्कीलाई पक्राउ गरेको हो।

विक्रमलाई प्रहरीले काठमाडौंको तीनकुने र सुमनलाई चुच्चेपाटीबाट बुधबार पक्राउ गरेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। गत कात्तिक १० गते एक अज्ञात समूहले सुरक्षा गार्ड खड्कालाई नियन्त्रणमा लिएको खबर प्रहरीले पाएको थियो।

त्यस्तै, उनीहरूले सहकारीबाट एक लाख ८५ हजार ७८० रुपैयाँ लुटेर फरार भएका थिए। फरार भएको दुई दिनपछि खड्काको शव जुगुको जंगलमा शव फेला परेको प्रहरीले जनाएको छ। जंगलमा डोरीले खुट्टा र हात पछाडि बाँधिएको र मुख खादाले बाँधेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक महतोले बताए।

सहकारीमा गएर सुमनले सुरक्षागार्डलाई भने–‘काठमाडौंबाट आएको मेरो साथी बेहोस भएर ढलेको छ, हिँड्नुस् नँ ।’ सुमनको कुरा मानेर खड्का सहकारीबाट ४ सय मिटर पर जंगलमा गए । जंगलमा बिक्रम लुकेर बसेका थिए । त्यहिँ उनीहरुले सुरक्षागार्डको हत्या गरे ।

पैसा लुट्न सुरक्षागार्डको हत्या गरेका बिक्रम काठमाडौंमा प्लम्बरको काम गर्छन् । सुमन काठमाडौंमा पढ्दै छन् । हत्यापछि आरोपीहरु ३ घण्टा पैदल हिँडेर सदरमुकाम चरिकोट आए । कार्तिक ११ मा चरिकोटबाट गाडी चढेर काठमाडौं फर्किए ।

उनीहरूको निधारमा चोट पनि फेला परेको थियो। सोही घटनामा उनीहरूको पहिचान गरी ब्युरोले पक्राउ गरेको हो। उनीहरूबाट मृतक खड्काबाट लुटिएको फोन र बाँकी एक लाख ३८ हजार २३५ रुपैयाँ नगद बरामद गरेको छ। उनीहरूमाथि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाइएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *