भारतमा ओमिक्रोन भेरियन्टका २ संक्रमित फेला

२०७८ मंसिर १७, शुक्रबार ०९:०२ गते २०७८ मंसिर १७, शुक्रबार ०९:०२ गते २०७८ मंसिर १७, शुक्रबार ०९:०२ गते
Relatives of a man who died from the coronavirus disease (COVID-19) mourn during his cremation at a crematorium ground in Srinagar May 25, 2021. REUTERS/Danish Ismail

भारतमा पहिलो पटक कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका दुई घटना फेला परेका छन्।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार कर्नाटक राज्यमा ओमिक्रोन भेरियन्टका दुई घटना फेला परेको जनाएको छ।

स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालका अनुसार ओमिक्रोन संक्रमण पुष्टि भएका हरुको सम्पर्कमा आएकाहरुको पहिचान गरी परीक्षण भइरहेको छ।

६६ र ४६ वर्षीय पुरुषमा ओमिक्रोन संक्रमण देखिएको उनले बताए।

अन्य भेरियन्ट भन्दा संक्रामक मानिएको ओमिक्रोनका घटनाहरु देखिन थालिएपछि सर्तकता अपनाउन थालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले ओमिक्रोनको सङ्क्रमण पहिलो पटक दक्षिण अफ्रिकामा नोभेम्बर २५ मा पुष्टि भएको जनाएको थियो।

सुरुमा वि.१.१.५२९ नाम दिइएको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले २६ तारिखका दिन ओमिक्रोन नामाकरण गरेको हो।

यसलाई डब्लुएचओले उच्च सतर्कता अपनाउनु पर्ने खतरापूर्ण भाइरस भनेपछि विश्वभरी नै सतर्कता बढाउन थालिएको थियो। त्यसको केही समयमै धेरै देशहरुले उडान तथा नाका बन्द गर्दै सतर्कताका प्रक्रिया सुरु गरेका थिए।

अहिले विश्वभरका दर्जनौ देशहरूले सतर्कतासम्वन्धी विभिन्न उपायहरु अपनाएका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *