डिम्याट खातामा आउँदै मध्यभोटेकोसी आइपीओ, पहिलाे काराेबार कहिले?

२०७८ मंसिर १७, शुक्रबार १८:१४ गते २०७८ मंसिर १७, शुक्रबार १८:१४ गते २०७८ मंसिर १७, शुक्रबार १८:१४ गते

केहि समय अघि मात्र प्राथमिक शेयर सार्वजनिक गरेको मध्य भोटेशोकीको शेयर आँउदो साता दोस्रो बजारमा कारोबार हुने भएको छ । कम्पनीतले जानकारी दिएको छ । साथै यही साता डिम्याट खाता आउने गरी तयारी गरिएको कम्पनीले जनाएको छ ।

शेयर रजिष्टार ग्लोवल आईएमई क्यापिटलका ब्यवस्थापक छविलाल पौडेलले दिएको जानकारी अनुसार सीडीएससीमा शेयर दर्ताको लागि सम्पुर्ण प्रक्रिया पुरा भएको साथै अब केहि काम कम्पनीको तर्फबाट गर्न बाँकी रहेको बताउनु भयो ।

मध्य भोटेशोकीको सीइओ राम गोपालले दिएको जानकारी अनुसार शेयर सूचिकृतको लागि कम्पनीले विहिबार पत्राचार गरेको हुँदा यो हप्ताभरिमा शेयर सूचिकृत हुने तथा आगामी साता सम्ममा शेयर दोस्रो बजारमा कारोबार हुने छ । कम्पनीले सूचिकृतको लागि ९० प्रतिशत काम पुरा गरिसकेको छ ।

कम्पनीले ९० करोड बराबरको ९० लाख कित्ताको शेयर विक्री गरेको थियो । जसमध्ये ५५ अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४५ अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो । कम्पनीको शेयरमा अन्तिम सम्ममा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो ।

जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ४।१९ गुणा बढी हो । आवेदन दिनेमध्ये ८ लाख १९ हजार जनाले १० कित्ताको दरले कम्पनीको सेयर पाएका थिए । आर्थिक सन्देशले लेखेकाे छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *