विश्वभर थप ५ लाख बढी कोरोना संक्रमित थपिए, ५ हजारको मृत्यु

२०७८ मंसिर १९, आईतवार ०६:१७ गते २०७८ मंसिर १९, आईतवार ०६:१७ गते २०७८ मंसिर १९, आईतवार ०६:१७ गते

विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख २३ हजार ७७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिनमो अमेरिकामा ५५ हजार ७०१, फ्रान्समा ५१ हजार ६२४, जर्मनीमा ४६ हजार ३७९, बेलायतमा ४२ हजार ८४८, रुसमा ३२ हजार ९७४ र इटलीमा १६ हजार ६३२ जना रहेका छन् ।

ओल्डोमिटरको विवरणअनुसार यही अवधिमा ३ लाख ७५ हजार ९८६ जना संक्रमणमुक्त भएका छन् भने ५ हजार ६४१ जनाको मृत्यु भएको छ ।

संक्रमणमुक्त हुनेमा रुसमा ३५ हजार १८२, जर्मनीमा ३४ हजार ९००, अमेरिकामा ३४ हजार ८६६, बेलायतमा ३२ हजार ६५, टर्कीमा १९ हजार ४६३ र फ्रान्समा १२ हजार ३६९ जना रहेको छन् ।

मृत्यु हुनेहरुमा रुसमा एक हजार २१५, अमेरिकमा ४९२, टर्कीमा २२८, जर्मनीमा २२२, ब्राजिलमा १५२, बेलायतमा १२७ र इरानमा ५८ जना रहेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *