काठमाडौं | बिइङ ह्युमनले स्रोत नखुलेको पैसा भेटिएको आरोपमा आफ्ना म्यानेजर पक्राउ परेपछि यस बिषयमा बिज्ञप्ती जारी गरेको छ। स्रोत नखुलेको भनिएको उक्त पैसा जग्गा किन्न ऋण लिएको र आम्दानी भएको बिइङ ह्युमनले बिज्ञप्ती मार्फत प्रष्ट्याएको छ।
स्रोत नखुलेको भनिएको साढे ६९ लाख रुपैयाँ जग्गा किन्नको लागि सहकारीबाट ऋण लिएको र पसलको व्यापारबाट आर्जित भएको बिज्ञप्तीमा भनिएको छ। जग्गा किन्नको लागि लिएको पैसालाई समेत स्रोत नखुलेको भनेर पक्राउ गरिएको घटनाले आफुहरु मर्माहित भएको भन्दै बिइङ ह्युमनले जारी गरेको बिज्ञप्तीमा भनिएको छ।
“यस संस्थासँग सम्बन्धित व्यक्तीले जग्गा खरिद गर्नका लागि सहकारीबाट लिएको कर्जा र पसलको व्यापारबाट आर्जित रकमलाई प्रहरीले नियन्त्रणमा लिई सो रकमको श्रोत नखुलेको ठहर गरेको र सोहिअनुसार विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषित हुँदा हाम्रा ग्राहक महानुभावहरुमाझ भ्रमको वातावरण बन्न गएको हुँदा उक्त रकमको श्रोत स्पष्ट खुलेको र आवश्यक कागजात एवम् प्रमाणहरुसहित कानुनी उपचार लिन लागिएको यहाँहरु सबैमा जानकारी गराउदछौँ” बिज्ञप्तीमा भनिएको छ।
यस संस्थालाई बदनाम गरि आफ्ना केहि निजी स्वार्थपुर्ती गर्ने कार्यमा संलग्नहरुको पहिचान गरि आवश्यक कानुनी कारवाहीको लागि समेत संस्थाले आवश्यक कदम चाल्ने बिइङ ह्युमनले जनाएको छ। बिइङ ह्युमन भारतीय सुपरस्टार सलमान खानद्वारा सामाजिक कार्यका लागि स्थापित विइंग ह्युमन फाउण्डेशनद्वारा सञ्चालित सँस्था हो।
Views: 0