पिननिक जानेका लागि उत्कृष्ट गन्तव्य रोयल भिल्ला रिसोर्ट

२०७८ मंसिर २५, शनिबार १८:०१ गते २०७८ मंसिर २५, शनिबार १८:०१ गते २०७८ मंसिर २५, शनिबार १८:०१ गते

काठमाडौ । काठमाडौँको भिडलाई छिचोल्ने सबैभन्दा नजिकको गन्तव्य पर्यटकीय नगरी शिवपुरी डाडागाउँमा एस.एस.हस्पिटालिटी सोलुशनको व्यवस्थापनमा रोयल भिल्ला रिसोर्ट पुर्ण रूपमा संचालनमा आएको छ ।

काठमाडौँको मुटु महाराजगन्ज हुदै ऐतिहासिक नगरी बुढानिलकण्ठ मन्दिर हुँदै प्राकृतिक रुपमा भरीपूर्ण छिचोल्दै कतै जंगल मनै लोभ्याउने हिम श्रृङ्खला गाँउबस्ती हुँदै शिवपुरी राष्ट्रिय निकुन्जको अवलोकन चराचुरुङ्गीका साथै अन्य वन्यजन्तुहरुको अवलोकन गदै पुगिन्छ रोयल भिल्ला रिसोर्ट ।

स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लक्षित गरी संचालनमा ल्याइएको सो रिसोर्टबाट जङ्गल वाक,साइडसिन,लोकल र अर्गानिक खाना खान पाईन्छ । पारिवारीक र अफिसियल पिकनिक, सेमिनार, मिटिङ्हरुको लागि खुला ठाउँ । १०० सय भन्दा बढि क्षमताको आकर्षक मिटिङहल पनि रहेको छ । डिलक्स रुम,सिङ्गल रुम, डबल रुम, ग्रुप रुम र फेमिली रुमको व्यवस्था छ ।

क्याम्प फायर गर्दै साझ र रातको समयमा पनि पाहुनाहरुले मनोरञ्जन लिन सक्ने ग्राहकलाई विशेष ध्यान दिँदै २४ घण्टा ग्राहक सेवामा संचालन रहेकोे एस.एस.हस्पिटालिटी सोलुशनका प्रमुख नरेन्द्र अधिकारीले बताउनुभयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *