नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष पाण्डेबाट आरोपको खण्डन

२०७८ मंसिर २८, मंगलवार २०:१८ गते २०७८ मंसिर २८, मंगलवार २०:१८ गते २०७८ मंसिर २८, मंगलवार २०:१८ गते

काठमाडौ । नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेयले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनमा आफूलाई लगाइएको आरोपको खण्डन गरेका छन् । समितिका अध्यक्ष पाण्डेयले महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया क्षेत्रीय कार्यसमितिले गरेको र आएका नामावली समावेश गरी जनसम्पर्क केन्द्रीय समितिले नेपाली कांग्रेस केन्द्रीय कार्यलयमा बुझाएको जनाएका छन् । प्रतिनिधि हरुको नामावलीमा केन्द्रीय अध्यक्ष पान्डेयले कुनै नाम थपघट नगरेको समितिले जनाएको छ ।

प्रतिनिधिको नाम सच्याउन पार्टी मुख्य सचिव, निर्वाचन समिति संयोजक र पार्टी सभापति समक्ष सच्याउन पाण्डेयले लिखित अनुरोध गरेका थिए । समितिलाई दुष्प्रचार गर्न खोज्ने जनक बोगटी र समिति अध्यक्ष पाण्डेय लगायत भारतबाट आएका महाधिवेशन प्रतिनिधि उपस्थित भई निवेदन गरिएको थियो तर कांग्रेस केन्द्रीय कार्यालय र निर्वाचन समितिले नाम सच्याउन सम्भव नहुने जानकारी गराएको थियो । यो सबै प्रक्रियामा बोगटी पनि सहभागी भएकाले अध्यक्ष पाण्डेयलाई आरोप लगाउनु निरर्थक र निराधार हो । भारतबाट आएका प्रतिनिधि र समिति अध्यक्ष पाण्डेयलाई प्रमाणबिना आरोप लगाइएकोमा समितिले आपत्ति जनाएको छ ।

जनसम्पर्क समिति भारतको तर्फ बाट लिलामणि पाण्डे, डोलराज गैरे, सुनिता जिसी कुँवर, अर्जुन प्रसाद धरेल, खड्क सिङबम, विराट श्रेष्ठ, टिकाराम खनाल, केशव अधिकारी, इन्द्रराज अधिकारी,दिपक झा,बिपि पाण्डे ,प्रेमराज पान्डे, दयाराम रोकाया, प्रेम पुरी ले प्रेस विज्ञप्ति मार्फत जानाकारी दियेका छ्न।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *