कांग्रेसमा पूर्वमन्त्री गुरुङलाई पूर्व सांसद श्रेष्ठले पछि पारिन्
काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजातितर्फ महिलाको मतगणना भइरहेको छ ।
कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको मतगणनामा आदिवासी जनजाति महिलातर्फ अन्जनी श्रेष्ठ सबैभन्दा बढी मत ल्याएर अग्रस्थानमा रहेकी छिन् । २०७० सालको संविधानसभाको सदस्यसमेत रहेकी पद्मकन्या क्याम्पसकी पूर्व स्ववियु सभापति श्रेष्ठले पूर्वमन्त्री सिता गुरुङलाई पछि पारेकी छिन् । प्राप्त जानकारी अनुसार श्रेष्ठले ६ सय मत गन्दा ३ सय १९ मत ल्याइन् । गुरुङ दोस्रो स्थानमा छिन् उनले ३ सय १७ मत ल्याइन् । गुरुङ पूर्व सांसद र निवर्तमान केन्द्रीय सदस्य पनि हुन् । गुरुङले यसअघिको महाधिवेशनमा यही समूहबाट केन्द्रीय सदस्य जितेकी थिइन् । तेह्रथुमकी उनी प्रतिनिधिसभाको २०७४ सालको निर्वाचन हुँदा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री थिइन् ।
उनले तेह्रथुमबाट नेकपाका उम्मेदवार भवानीप्रसाद खापुङसँग हारेकी हुन् । यो समूहबाट ९ जना निर्वाचित हुने छन् ।
Views: 0