ग्लोबल आइएमई बैंक काँडाघारी शाखाद्वारा बित्तीय साक्षरता तथा डिजिटल बैँकिङ्ग सम्बन्धी कार्यक्रम सम्पन्न

२०७८ पुष १२, सोमबार १८:४२ गते २०७८ पुष १२, सोमबार १८:४२ गते २०७८ पुष १२, सोमबार १८:४२ गते

काठमाडौं १२ पुस/
कागेश्वरी मनोहरा नगरपालिका-९ ग्लोबल आइएमई बैँक लिमिटेड काँडाघारी शाखाले बित्तीय साक्षरता तथा डिजिटल बैँकिङ्ग सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।

ग्लोबल आइएमई बैँक लिमिटेड काडाघारी शाखाको आयोजनामा वित्तीय साक्षरता तथा डिजिटल बैँकिङ्ग सम्बन्धी कार्यक्रम आज सोमबार शुभश्री व्याङ्क्वेट काँडाघारीमा सम्पन्न भएको हो ।

ग्लोबल आइएमई बैंक लिमिटेड काँडाघारी शाखाले सेवाहरुलाई डिजिटल प्रविधिमय बनाउदै सञ्जाल विस्तारमा समेत तीब्र ढंगले अघि बढेकोे छ ।

एक दिने साक्षरता तथा डिजिटल बैँकिङ्ग सम्बन्धी कार्यक्रममा ग्लोबल आइएमई बैंकका केन्द्रीय कार्यालयबाट निरज शर्मा र बिजय सापकोटा लगायतका प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए भने कार्यक्रममा सहभागी भएकाहरुबाट सोधिएका प्रश्न तथा जिज्ञासाहरुको जवाफ समेत दिएका हुन् ।

प्रशिक्षणमा मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविड कार्ड , क्रेडिट कार्ड, क्यूआर कोड पेमेन्ट, ट्राभल कार्ड, युज कार्ड, मिस्कल बैंकिङ्ग, कोर्पेरेट पे लगायतका डिजिटल बैँकिङ्ग प्रणालीले सेवाग्राहीहरुलाई सहज हुने कुराका बिषयमा जानकारी गराएका हुन् ।

ग्लोबल आइएमई बैङ्कमा आवद्ध ग्राहक तथा आमसर्वसाधारणहरुलाई डिजिटल बैंकिङ्ग तथा बित्तीय साक्षरता प्रदान गरिएको काँडाघारी शाखा प्रमुख सुर्य सेढाईले बताए । कार्यक्रममा १५० जनाको सहभागिता रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *