काठमाडौं,पुष १५ – अङ्ग्रेजी नयाँ वर्ष २०२२ लाई मध्यनजर गर्दै चक्रपथको अरिकल इभेन्टले विशेष अफर सार्वजनिक गरेको छ । सो अवसरमा इभेन्टले उत्कृष्ट ब्याण्ड र डीजेको प्रस्तुतिबाट मनोरञ्जन दिँदै असीमित खाना तथा पेय पदार्थमा १५ % प्रतिशत छुट उपलब्ध गराउने भएको छ ।
अरिकल इभेन्टले डिसेम्बर ३१ गते साझ अङ्ग्रेजी नयाँ वर्षलाई सौहार्दपूर्ण वातावरण माझ मनाउन क्याण्डल लाइटस् डिनरको रोमान्टिक अफर ल्याएको हो।
अरिकल इभेन्टको संक्षिप्त परिचय: काठमाडौ स्थित चक्रपथमा अवस्थित अरिकल इभेन्ट बुढाथोकी ब्यापारिक घरानाको पहिलो तर उच्च स्तरको र नेपाल मै पहिलो पाँचतारे स्तरको ब्यान्केट हो । लामो समयको तयारीका साथ पूर्ण गृहकार्य गरेर निर्माण गरिएको यो ब्यन्केट इभेन्ट नेपाल मै पहिलो र अति नै आकर्षक छ।
हरेक एङगलबाट उत्कृष्ट देखिने यो भेन्यु सबैको रोजाइमा परेको छ ।नियमित विवाह,ब्रतबन्ध कर्पोरेट पार्टीहरु बाहेक दुई दर्जन भन्दा ज्यादा म्युजिक भिडियोहरु सुट गरी सकेको अरिकल इभेन्टमा सो लोकेसन र इन्टेरियर डिजायन धेरैले मन पराएका छन ।
अन्य ब्युटी ट्रेनिङ तथा फेसन शो का लागि पनि अरिकल इभेन्टमा कुनै पनि किसिमको पार्टी,बिबाह, बर्थडे, गुन्यु चोली र अन्य शुभकार्य गर्न सकिन्छ । सम्पूर्ण निर्माण सामाग्रीहरु विदेशबाट झिकाएर बनाएको हुनाले पनि अन्य भेन्यु भन्दा अझ पृथक रहेको व्यवस्थापनको दाबी छ ।
Views: 0