काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राजनीतिक तुस साध्न गरेको गतिविधिले पछिल्लो समय विद्युत विकासमा नै अवरोध पर्ने देखिएको छ ।मन्त्री भुसालले विद्युत नियमन आयोगमा आफ्नो मान्छे भर्ति गर्न आयोगका अध्यक्ष दिल्ली बहादुर सिंह, सदस्यद्वय रामेश्वर कलवार र भागिरथी ज्ञवालीलाई राजिनामा मागेकी थिईन् । तर विद्युत नियमन आयोगले गरेको पछिल्लो कार्यहरुमा खोट देखाउने ठाउँ समेत नरहेकाले आयोगका पदाधिकारीहरुले मन्त्रीको प्रस्तावलाई अस्वीकार गरे। त्यसपछी मन्त्री भुषालले आयोगको कार्य सम्पादनमा प्रश्न उठाउँदै छानबिन समिति गठन गरेकी छिन् ।
आयोगको काम आफूलाई चित्त नबुझेको भन्दै उनले सुधारको पहल गर्ने बहानामा हस्तक्षेप गर्न थालेकी हुन् । कानुनतः यो आयोगमा मन्त्रीले हस्तक्षेप गर्न मिल्दैन । तर, आयोगका पदाधिकारीलाई जसरी पनि हटाउने मनस्थिति बनाएकी मन्त्री भुसालले अनावश्यक आरोप लगाएकी छिन् ।
उनले छानविन गर्नका लागि पूर्व मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन भएको छ । सदस्यमा पूर्व सहसचिवद्वय विष्णु थापा र आशिष घिमिरे छन् । छानबिन समिति गठन सँगै आयोगका सबै पदाधीकारीहरु निलम्बनमा परेका छन् । मन्त्री भुसाललाई विद्युत सम्बन्धि राम्रो ज्ञान नभएका कारण हतारको निर्णयमा पुगेको सम्बन्धित निकायका पदाधिकारीहरु बताउछन् ।नेपाल अहिले जल विद्युत विकासको तिव्र गतिमा अघि बढेको छ । यो संगै विद्युतको महसुल निर्धारण गर्न देखि निर्माण गर्नेे विद्युत सम्बन्धि सबै जिम्मेवारी विद्युत नियमन आयोगले गर्दै आएकोमा अब आयोगका सबै काम ठप्प हुने भएको छ ।आयोगले पछील्लो २ वर्षमा गरेको विद्युतको महसुल घटाउन देखि महसुललाई वैज्ञानिक बिधिमा लैजान सकेकै कारण मन्त्री भुसाल आँफै अहिले हरेक कार्यक्रममा विद्युत महसुल मैले घटाईदिएँ भन्दै घाँटी सुकाई राखेकी हुन्छिन् । तर सहयोगी संस्था माथि नै बक्र दृष्टि राख्नुले मन्त्री भुसालको नियत कस्तो रहेछ भन्ने प्रष्ट हुन्छ ।
भुसालले आगामी निर्वाचनमा उर्जा क्षेत्रमा काम गर्ने ब्यवसायिहरु बाट मोटो रकम उठाउन सकिने देखेपछि नियमन आयोगमा धावा वोलेको प्रस्ट हुन्छ । आफुले भनेको कुरा हालका आयोगका अध्यक्ष सिंहले नमान्ने र सिंहको लप्पन छप्पन नगर्ने व्यक्तिमा पर्ने भएकोले भुसाल मन्त्री भएदेखिनै नियमन आयोग फलामको चिउरा हुने देखेकी थिईन् ।मन्त्री भुसालले कतिसम्म झुट बोल्न सक्छिन् त भन्ने कुराको प्रमाण खोज्न उनले सार्वजनिक कार्यक्रममा बोलेका कुराबाट थाहा पाउन सकिन्छ ।
मन्त्री भुसालको झुट :-२० युनिट सम्म विजुलि बाल्ने जनतालाई छुट दिने निणर्य आफुले गरेको भन्ने गरेता पनि यो निर्णय अघिल्लो सरकारकै पालामा भएको हो ।विद्युतिय गाडिको लागि चार्जिङ स्टेसन बन्ने प्रक्रियामा रहेको बताउँछिन् तर चार्जिङ स्टेसन बनाउने सरकारलाई अत्तो पत्तो छैन । मन्त्री भुसाल भने घरघरमा चार्जिङ स्टेसन बनाउने गफ लगाउँछिन् । झुट नै झुटको खेती गरेर जनतालाई झुक्काउन खप्पिस भुसालले नौलो र नयाँ योजना बनाई काम गर्न सक्छिन् भनेर कसरी पत्ताउन सकिन्छ? अहिले यो सोच्नै पर्ने विषय बनेको छ। Via:- Corporate Khabar
Views: 0