काठमाडौँ (जस)- गैर आवासीय नेपाली संघ एनआरएनएका केन्द्रीय उपाध्यक्ष सोनाम लामाले संघ भित्र उत्पन्न विवाद समाधान गरेर मात्र महाधिवेशन र चुनावको मिति तोक्नु पर्ने जनाएका छन्। जनसवालसँग कुरा गर्दै उपाध्यक्ष लामाले डेलिगेट्स विवाद समाधान नगरेर चुनाव गराउन सम्भव नहुने बताए।

उनले पहिले संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइइएस) को बैठक बोलाउनु पर्ने र त्यसपछि पदाधिकारी (ओबी) को बैठक बोलाए पछि मात्रै अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बैठक बोलाउनु पर्ने बताए।
२०१९-२१ कार्य समितिको पदावधि गत अक्टोबर महिनामै सकिएको भएता पनि महासचिव हेम राज शर्माले यही जनवरी १५ तारिखमा आइसीसीको बैठक बोलाएका छन ।
उक्त बैठकमा संघको १० औं महाधिवेशन तथा आगामी चुनाव बारे छलफल गरिने जनाइएको छ।

संघको १० औं महाधिवेशनका लागि डेलिगेट्स छनोट सम्बन्धी विवाद चर्किए पछि परराष्ट्र मन्त्रालयमा उजुरी परेको थियो। मन्त्रालयले पटक पटक दिएका निर्देशन विरुद्ध अध्यक्ष कुमार पन्त अदालत पुगेका थिए।
संघ भित्र जारी विवाद बारे उपाध्यक्ष लामाले भने, ” अहिले संस्थाभित्र गुटवन्दी देखिएको छ. त्यसलाई हटाएर सबैलाई मान्य हुने समाधान खोज्नु पर्छ।”
जापान लगायतका मुलुकमा देखिएका समस्याहरु समाधान गरेर संरक्षक परिषदको अनुगमन र समन्वयमा निर्वाचन गराउनु पर्छ। अहिलेकै स्थितिमा चुनाव सम्भव छैन र त्यस्तो चुनावले मान्यता पाउंदैन । संघको बर्तमान अध्यक्ष फेरि पनि असफल हुने कार्यमा अग्रसर हुनुहुन्न ” उनले भने।

हाल अमेरिकामा रहेका उपाध्यक्ष लामाले जबर्जस्ती चुनाव गराउन खोजे त्यसले संस्थालाई विभाजनतिर लैजाने चेतावनी समेत दिए । उनले आईसिसिले बहुमत एनसिसिहरुको आवाजको सम्मान गर्दै अगाडी बढनुपर्नेमा केहि अमुक ब्यक्तिको निर्देशनमा संघका केहि पदाधिकारी चलेकाले अहिलेको समस्या उत्पन्न भएको जनाउदै अब पनि उनिहरुले गलत कार्य नसुधारे आफुले सार्बजनिक नै गर्ने बताए । लामाले सँस्थाको नाम बेचेर रातारात अरबपति बनिरहेका एउटा समुहको कारण नै हालको अवस्था आएको बताए । उनले अब उनिहरुको दिन सकिएको समेत दाबी गरे ।

गत अक्टोबर महिनामा हुनु पर्ने संघको दशौँ महाधिवेशन र चुनाव अहिले सम्म अनिश्चित बनेको छ । चुनाव अनिश्चित बन्नुमा बर्तमान कार्यसमितिका केहि पदाधिकारी नै जिम्मेवार रहेका छन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *