कुल आचार्य : एनआरएनएमा जारी डेलिगेट्स विवाद सुल्झाउने सम्बन्धमा कुनै सहमति भएको छैन

२०७८ पुष २६, सोमबार १७:५३ गते २०७८ पुष २६, सोमबार १७:५३ गते २०७८ पुष २६, सोमबार १७:५३ गते

काठमाडौँ (जस)– गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले ६ महिनादेखि जारी डेलिगेट्स विवाद सुल्झाउने सम्बन्धमा कुनै सहमति नभएको खुलासा गरेका छन ।
जनसवालसँग कुरा गर्दै आचार्यले भने, “संस्थालाई एकजुट राख्न र हाल जारी गतिरोधलाई निकास दिन मैले हरसंभव प्रयास गरिरहेको सबै साथीहरुलाई अवगत नै छ । त्यसैले डेलिगेट्स विवाद नसुल्झाएर कथित सहमति भयो भन्ने प्रचार प्रायोजित र झुट्ठा हो ।”
‘डेलिगेट्स विवाद सुल्झाउने भनेको नव निर्वाचित राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुले पठाएको डेलिगेट्स सूचीलाई मान्यता दिने हो। त्यसो नगरिंदा सम्म कथित सहमतिको कुनै अर्थ छैन,’ संघको केन्द्रीय अध्यक्षका उम्मेदवार पनि रहेका आचार्यले भने।
यस अघि संघका अध्यक्ष कुमार पन्तले पनि कथित सहमति पत्र आफुले तयार गर्न न लगाएको र हस्ताक्षर समेत नगरेको बताएका थिए।
संघको केन्द्रीय सचिवालयको प्रत्यक्ष संलग्नतामा एमआइएस प्रणालीको दुरुपयोग गरी जापान, चिली लगायतका देशहरुको निर्वाचनमा गरिएको धांधलीको छानबिन र दोषीलाई सजाय दिने बारे कथित सहमति पत्रमा केहि पनि उल्लेख छैन। बरु ६५ प्रतिशत डेलिगेट्समा छुटेका भन्दै प्रतिनिधिहरुको नाम थप्ने बहानाबाजी गर्न खोजिएको छ।
संघको गत अक्टोबर महिनामा हुनु पर्ने दशौँ महाधिवेशन तथा चुनाव डेलिगेट्स सम्बन्धी विवादका कारण अहिले सम्म हुन सकेको छैन।
डेलिगेट्स विवाद सुल्झाउन अध्यक्ष पन्तले मनोनयन गरेको चार सदस्यीय उच्चस्तरीय समितिले पटक, पटक बैठक गरे पनि कुनै सहमति बन्न सकेको छैन।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *