काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष सोनाम लामाले गैरआवासीय नेपाली संघको इतिहासमा नै सबैभन्दा जटिल र जोखिम अवस्थामा रहेको यो बताएका छन् । यो परिस्थितिबाट कोहि पनि अनविज्ञ नरहेको उल्लेख गर्दै लामाले यस्तो परिस्थितिमा हामी नेतृत्वमा रहेकाहरुले बिशेष गरेर अध्यक्ष ज्यूले संघको हितमा निकै सुझबुझ र बिबेक प्रयोग गर्न जरुरी भएको उल्लेख गरेका छन् । ‘तर बिडम्बना हामी समस्याको गुत्थिलाई सुल्झाउन तिर जानुको साटो झन् झन् उल्झनमा फस्दै गरेको अवस्था हामी सबैले महसुस गरिरहेका छौं। यसै सन्दर्भमा महासचिव ज्यूले हालसालै जनवरी १५ तारिखको लागि बोलाईएको ८१ औं अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बारे मेरो ध्यानाकर्षण भएको छ ।’

विज्ञप्ति

८१ औं अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बारे मेरो ध्यानाकर्षण !
आदरणीय सहकर्मी साथीहरु एवं बिश्व भरि छरिएर रहनु भएका गैर आवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
गैर आवासीय नेपाली संघको इतिहासमा नै सबै भन्दा जटिल र जोखिम अवस्थामा रहेको यो परिस्थितिबाट हामी कोहि पनि अनविज्ञ छैनौं। यस्तो परिस्थितिमा हामी नेतृत्वमा रहेकाहरुले बिशेष गरेर अध्यक्ष ज्यूले संघको हितमा निकै सुझबुझ र बिबेक प्रयोग गर्न जरुरि छ। तर बिडम्बना हामी समस्याको गुत्थिलाई सुल्झाउन तिर जानुको साटो झन् झन् उल्झनमा फस्दै गरेको अवस्था हामी सबैले महसुस गरिरहेका छौं। यसै सन्दर्भमा महासचिव ज्यूले हालसालै जनवरी १५ तारिखको लागि बोलाईएको ८१ औं अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बारे मेरो ध्यानाकर्षण भएको छ:
वर्तमान कार्यसमितिको समय अवधि गत अक्टोबर २०२१ मा नै समाप्त भैसकेको अवस्थामा यो कार्यसमितिको हालको अवस्था भनेको काम चलाऊ मात्र हो भन्ने बिषय हामी सबैले स्पष्ट बुझेकै हुनुपर्छ। र काम चलाऊ कार्यसमितिले सामान्य दैनिक कार्यसंचालन बाहेक अन्य कुनै पनि महत्वपुर्ण बिषयमा निर्णय गर्न सकिंदैन भन्ने बिषय पनि हामी सबैले बुझेकै हुनुपर्छ। त्यस माथि पनि IGA र निर्वाचन सम्बन्धिको निर्णय गर्न सकिने त झनै अस्वभाविक हुने नै भयो।
संघको महासचिव जसले आगामी निर्वाचनको लागि उम्मेदवारी घोषणा गरि सकेको छ, वहाँ बाट संचालन हुने निर्वाचन सम्बन्धिको बैठक र त्यस बैठकले गर्ने निर्णय उपर बिश्वास गर्ने अधार रहला (?)। तसर्थ यथासिघ्र निर्वाचनमा भाग नलिने अग्रजहरुको नेतृत्वमा निर्वाचन सम्पन्न नभए सम्मको लागि तदर्थ समिति गठन गरि अगाडी बढ्नुमा नै संघको हित हुने भएको हुँदा; सोहि बमोजिम गर्नको लागि अध्यक्ष ज्यू लगायत सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु। यसका साथै मैले माथि उल्लेख गरे बमोजिम महासचिव ज्यूले बोलाउनु भएको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकको कुनै औचित्य नभएकोले सो बैठक स्थगितको लागि समेत खुल्ला अनुरोध गर्दछु। यदि बैठक गर्नु आवश्यक नै छ भने पनि पहिले आईईएस र ओबीमा छलफल गरि सचिवालयको कार्यकारी निर्देशकले बैठक संचालन गर्ने गरि बैठक बोलाउन जरुरि छ। यसो गरेमा केहि हद सम्म भए पनि हामीले निस्पक्ष भएर निर्णय गर्न सकिन्छ भन्ने मेरो मान्यता हो। अन्तमा संघको हितको खातिर कसैको व्यक्तिगत स्वार्थ नहेरी निष्पक्ष भएर अगाडी बढ्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु।
Sonam Lama
Vice-President
NRNA

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *