हामीले गलत गरेका छैनौँ : जिसिडी कन्सल्टेन्सी

२०७८ माघ ७, शुक्रबार १५:३६ गते २०७८ माघ ७, शुक्रबार १५:३६ गते २०७८ माघ ७, शुक्रबार १५:३६ गते

युएई- अष्ट्रेलिया लैजाने भन्दै ठगी गरेको समाचार सार्वजनिक भएपछि दुबईस्थित जिसिडी एचआर एण्ड म्यानेजमेन्ट कन्सल्टेन्सीले विज्ञप्ति निकालेर खण्डन गरेको छ।
दुबईमै रहेका काजिमान बुढाथोकीलाई उक्त कन्सल्टेन्सीले नक्कली भिजा देखाएर ठगी गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि कन्सल्टेन्सीका प्रबन्ध निर्देशक रमेश श्रेष्ठले विज्ञप्ति निकाल्दै उक्त समाचारको खण्डन गरेका हुन । बुढाथोकीले आफूले उक्त कन्सल्टेन्सीमा गएको जुलाई २०२० मा अष्ट्रेलिया जाने प्रक्रिया सुरु गरेको र अहिलेसम्म पनि आफूलाई अष्ट्रेलिया नलगी नेपाली करिब ६ लाख रुपैयाँ फिर्ता माग्दा नदिएको बताएका छन ।


कन्सल्टेन्सीका प्रबन्ध निर्देशक रमेश श्रेष्ठले भने कोभिड १९ का कारण गएको डिसेम्बर २०२० देखि नै सब क्लास-९९८ वर्गको भिषावाहकलाई अष्ट्रेलिया सरकारले आगमन अनुमति नदिएकोले बुढाथोकीलाई पठाउन नसकिएको बताएका छन ।
कन्सल्टेन्सीद्वारा जारी विज्ञप्तिमा संचारमाध्यमहरुमा दावी गरिए झैँ बुढाथोकीको नाममा जारी भिषा नक्कली नभएको उल्लेख छ । निश्चित समयावधिका लागि मात्रै भिषा अनलाइन प्रणालीमा प्रविष्ट हुने विश्वव्यापी नियम रहेकोले सधैंभरी उक्त भिषा अनलाइनमा नदेखिइने कन्सल्टेन्सीले जनाएको छ।
सञ्चारमाध्यमहरुले द्विपक्षीय धारणा नलिई एकतर्फी समाचार सम्प्रेषण गरेकोप्रति कन्सल्टेन्सीका प्रबन्धनिर्देशक रमेश श्रेष्ठले दु:ख व्यक्त गरेका छन ।
उनले आफु सार्बजनिक मान्छे भएकाले सधै सार्बजनिक रुपमै रहेको अवस्थामा बेपत्ता भयो सम्म भनेर बदनाम गरिएको प्रति खेद ब्यक्त गरे । श्रेष्ठले आफ्नो कम्पनीका बारेमा केहि आवस्यक जानकारी लिन चाहे आफू चौबिसै घन्टा तयारी रहेको समेत बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *