युएई- अष्ट्रेलिया लैजाने भन्दै ठगी गरेको समाचार सार्वजनिक भएकोमा दुबईस्थित जिसिडी एचआर एण्ड म्यानेजमेन्ट कन्सल्टेन्सीका प्रबन्ध निर्देशक रमेश श्रेष्ठले आपत्ति जनाउदै विज्ञप्ति निकालेर खण्डन गर्दै नियोजित ढंगले आफु र आफ्नो कम्पनीबिरुद्द षडयन्त्र गरिएको जनाएका छन । युएईको
दुबईमा बस्ने काजिमान बुढाथोकीलाई उक्त कन्सल्टेन्सीले नक्कली भिषा देखाएर ठगी गरेको भन्दै केहि सञ्चारमाध्यममा समाचार आएपछि कन्सल्टेन्सीका प्रबन्ध निर्देशक रमेश श्रेष्ठले विज्ञप्ति निकाल्दै उक्त समाचारको खण्डन गरेका छन ।
बुढाथोकीले आफूले उक्त कन्सल्टेन्सीमा गएको जुलाई २०२० मा अष्ट्रेलिया जाने प्रक्रिया सुरु गरेको र अहिलेसम्म पनि आफूलाई अष्ट्रेलिया नलगी नेपाली रुपैया करिब ६ लाख रुपैयाँ फिर्ता माग्दा नदिएको आरोप लगाएका छन ।
कन्सल्टेन्सीका प्रबन्ध निर्देशक रमेश श्रेष्ठले जनसवालसँग कोभिड १९ का कारण गएको डिसेम्बर २०२० देखि नै सब क्लास-९९८ वर्गको भिषा वाहकलाई अष्ट्रेलिया सरकारले आगमन अनुमति नदिएकोले बुढाथोकीलाई पठाउन नसकिएको बताए ।
प्रबन्ध निर्देशक रमेश श्रेष्ठद्वारा जारी विज्ञप्तिमा संचारमाध्यमहरुमा दावी गरिए झैँ बुढाथोकीको नाममा जारी भिषा नक्कली नभएको उल्लेख छ । निश्चित समयावधिका लागि मात्रै भिषा अनलाइन प्रणालीमा प्रविष्ट हुने विश्वव्यापी नियम रहेकोले सधैंभरी उक्त भिषा अनलाइनमा नदेखिइने प्रबन्ध निर्देशक रमेश श्रेष्ठले बताए ।
सञ्चारमाध्यमहरुले द्विपक्षीय धारणा नलिई एकतर्फी समाचार सम्प्रेषण गरेकोप्रति कन्सल्टेन्सीका प्रबन्धनिर्देशक श्रेष्ठले दु:ख व्यक्त गरे ।
उनले आफु सार्बजनिक मान्छे भएकाले सधै सार्बजनिक रुपमै रहेको अवस्थामा बेपत्ता भयो सम्म भनेर बदनाम गरिएकोमा खेद ब्यक्त गरे । श्रेष्ठले आफ्नो कम्पनीका बारेमा केहि आवस्यक जानकारी लिन चाहे आफू चौबिसै घन्टा तयारी रहेको समेत जनाउदै संचारमाध्यमलाई सबै बुझेर मात्रै समाचार प्रकाशीत गर्न आग्रह गरे ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *