काठमाडौं(जस)–नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ । बैंकले आइबतार एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सी तथा पिरामिडमा आधारित नेटवर्किङ हाइपर फन्ड, जोसियल, क्राउडवान, सोलम्याक्स ग्लोबलजस्ता नेटवर्किङ कारोबारमा संलग्नहरुलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
‘नेपालमा विदेशी विनियम वा मुद्राका रुपमा भर्चुअल करेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा भर्चुअल करेन्सी तथा नेटवर्किङ लगायतका गैरकानुनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकाले त्यस्ता कारोबार गर्दा सर्र्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरू समेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ’, बैंकले जारी गरेको सूचनामा भनिएको छ ।
क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ अन्तर्गतको कारोबार तथा व्यवसायले नेपालमा कानूनी मान्यता नभएको राष्ट्र बैंकले स्पष्ट पारेको छ । ‘हालका दिनमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी÷क्रिप्टोकरेन्सीहरुको कारोबार गर्न तथा त्यस सम्बन्धी हाइपर फण्ड जस्ता कोषमा लगानी भएको जानकारी प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ । साथै जोसिएल, क्राउड वान, सोलेम्याक्स ग्लोबलजस्ता पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आवद्ध हुन प्रोत्साहन गर्ने गरेको जानकारी प्राप्त भएको तर्फ बैंकको गम्भीर ध्यानाकर्षण भएको छ’ राष्ट्र बैंकले उल्लेख गरेको छ ।
नेपालमा विदेशी विनियम वा मुद्राको रुपमा भर्जुअल करेन्सी÷क्रिप्टोकरेन्सीले कानुनी मान्यता पाएको छैन । यस्तोमा गैरकानूनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने खतरा छ । त्यस्ता कारोबार तथा व्यवसयमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेत त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुने सूचनाका लागि यो सूचना प्रकाशन गरिएको राष्ट्र बैंकले जनाएको छ ।
Views: 0