कुल आचार्य:नवनिर्वाचित एनसीसीहरुले पठाएका डेलिगेट्स सूचीलाई मान्यता दिनु पर्छ

२०७८ माघ १४, शुक्रबार १७:४८ गते २०७८ माघ १४, शुक्रबार १७:४८ गते २०७८ माघ १४, शुक्रबार १७:४८ गते

काठमाडौं (जस)। गैर आवासीय नेपाली संघ (एनआरएन) को आगामी चुनावमा अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले उम्मेदवार उठेका व्यक्तिले भोटर छान्न नमिल्ने बताएका छन् । सहमति भयो भनेर झुठा प्रचार भैरहेको भन्दै उनले नव निर्वाचित राष्ट्रिय समन्वय परिषद (एनसीसी) ले चयन गरेर पठाउने डेलिगेट्सलाई मानेर महाधिवेशन एवं चुनाव गर्नुपर्ने बताए ।
संघका केन्द्रीय सल्लाहकार समेत रहेका आचार्यले भने, ‘जो उम्मेदवार चुनाव लड्छु भन्छ उसैले भोटर चयन गर्ने हो र? यस्ता बेतुकको काम नगर्नुस्’ उनले भने । संस्थालाई बलियो बनाएर लैजान सके जुनसुकै पार्टी वा सरकारले पनि सघाउने र कुनै पनि पार्टीलाई दोष लगाउन नहुने उनले बताए । नेतृत्वको कमजोरीका कारण समयमा एनआरएनको महाधिवेशन हुन नसकेको उनले खुलासा गरे। ।

एनआरएनका ६५ देशमा रहेका एनसीसीहरुले प्रतिनिधि छानेर केन्द्रमा पठाउने बताए । त्यसकै आधारमा महाधिवेशन, चुनाव गरेर केन्द्रमा नेतृत्व छान्ने व्यवस्था रहेको स्मरण गराए । ‘माथि आएर हामीले डेलिगेट्स छानौं । हामी सहमति गरौं भन्ने कुरा कस्तो हो? हामी मिलौं भन्ने कस्तो कुरा हो? हामीले डेलिगेट्स छानौं भन्ने कुरा कति व्यवहारिक हो?’ अध्यक्षका प्रत्यासी आचार्यले भने, ‘समस्याको समाधान खोज्नुपर्छ । हामी प्रयास गरिरहेका छौं । कहाँ समस्या छ? त्यस विषयमा हामी लागि परेका छौं ।’

अहिले चुनावबाट जितेको नयाँ कार्यसमितिले प्रतिनिधि छनौट गर्ने भन्दा विधान तोडमोड गरेर पुरानै कार्यसमितिले प्रतिनिधि छान्ने प्रयत्न गरिएकोप्रति आचार्यले दुःख व्यक्त गरे । कुनै पूरानो कार्यसमितिले भोटर लिस्ट तयार गर्ने? उनले प्रश्न गरे ।

‘एनआरएनमा नेतृत्व हत्याउन पुरानै कार्यसमितिले नै भोटर छनौट गर्ने बेइमानी गर्नुभयो । अहिलेका कार्यसमितिलाई अन्याय भयो,’ आचार्यले भने, ‘पुरानाले होइन, अधिवेशनबाट आएका नयाँ समितिले डेलिगेट्स छान्ने हो । परराष्ट्र मन्त्रालयले पनि यही भनेको हो । तर, कार्यान्वयन हुन सकेको छैन ।’

उनले नेपाल सरकारले गैर आवासीय नेपालीका धेरै कुरा सम्बोधन गरिरहेको बताए । कुनै जायज कुरा लिएर जाँदा जुनसुकै पार्टीको सरकारले पनि सहयोग गरेको उनले सुनाए । भर्खरै सरकारले गरेको निर्णय एन आर एन हरुका लागि डलरमा खाता खोल्न सहजीकरण गर्ने विषयमा पनि अर्थमन्त्री, गर्भनर, अर्थ सचिव सहित हालै बृहत कार्यक्रम गरिएको उनले बताए । आचार्यले आफू एनआरएन युकेको अध्यक्ष हुँदादेखि नै यस विषयमा लविङ गरिरहेको जानकारी गराए । नेपालमै डलरमा खाता खोल्दा विदेशमा कमाएको पूँजी चलायमान हुने बताए । पहिले सीमित रुपमा राख्न पाउने व्यवस्था थियो । तर, अहिले सजिलोसँग डलर खाता खोलेर नेपालमा रकम राखेर आफूलाई चाहिएको बेला लैजान पाउनेगरी व्यवस्था भएको उनले बताए ।

भोलिका भावी सन्ततिलाई नेपालसँग जोड्ने एउटा माध्यम यो डलर अकाउन्ट खोल्न मिल्ने अवसर हो’ उनले भने, ‘नेपालीहरुको पूँजी पलायन भै रहेको छ । अब बाहिर बस्ने नेपालीको सम्पत्ति सुरक्षा छ भनेर सरकारले ग्यारेन्टी गर्नुपर्ने अवस्था छ।’ गैर आवासीय नेपाली नागरिकताको छिटोभन्दा छिटो कानुनमा व्यवस्था गर्न सके पूँजी पलायन हुनबाट जोगिने आचार्यको सुझाव छ । संविधानमा भएको सामाजिक, साँस्कृतिक, आर्थिक अधिकारसहितको गैर आवासीय नेपाली नागरिकतालाई सुनिश्चित गर्नुपर्ने पनि उनले बताए ।

सकेसम्म नेपालमै रोजगारी दिनुपर्ने नसके विभिन्न देशमा काम गर्न जाने श्रमिकका लागि दोहोरो स्वीकृति, तालिम प्राप्त, दक्ष जनशक्ति पठाउन सकेमा सहज हुने आचार्यको भनाई छ । कतिपय देशबाट फर्केर नेपालमै राम्रो काम गरिरहेकाले पनि बाहिर सिकेको सिपलाई नेपालमा प्रयोग गर्ने बाटोमा गैरहेको उनले बताए । कुनै पनि दक्ष व्यक्ति नेपाल आएर काम गर्न चाहेमा दिनुपर्ने बताए ।

आफूले संसारभरका नेपालीका समस्यामा समाधानमा लागि परेको र लागि रहने उनले बताए । ‘अझै नेपालीले सिकेका ज्ञान, सिपलाई नेपालसँग जोड्नुछ । संसारभरका नेपालीले मलाई सहयोग गर्नुहुन्छ भन्ने मलाई विश्वास छ,’ उनले भने ।

आचार्यको अन्तर्वार्ता यो लिंकमा गएर हेर्न सकिन्छ:

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *