जनसवाल राष्ट्रिय दैनिक पत्रपत्रिका वर्गीकरणको सूचीमा राष्ट्रिय ‘क’ वर्गमा परेको छ

२०७८ माघ १७, सोमबार ११:२७ गते २०७८ माघ १७, सोमबार ११:२७ गते २०७८ माघ १७, सोमबार ११:२७ गते

काठमाडौं(जस)–जनसवाल राष्ट्रिय दैनिक पत्रपत्रिका वर्गीकरणको सूचीमा राष्ट्रिय ‘क’ वर्गमा परेको छ । प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको आव २०७५–०७६ र २०७६–०७७ को पत्रपत्रिका वर्गीकरण नतिजामा राष्ट्रिय दैनिक ‘क’ वर्गमा रहन सफल भएको हो । काउन्सिलले यसअघि सार्वजनिक गरेको पत्रपत्रिका बर्गीकरण नतिजामा पनि जनसवाल ‘क’ वर्गमा रहेको थियो ।
विगत १७ वर्षदेखि नियमति रुपमा प्रकाशन हुँदै आएको जनसवाल दैनिकले राष्ट्रिय रुपमा मूलधारका मुद्दाहरुलाई आफ्नो प्रमुख विषयबस्तु बनाउँदैं आएको छ । निष्पक्ष र निर्भिक पत्रकारितालाई आफ्नो मूल मन्त्र बनाउँदै सञ्चालनमा आएको जनसवाल दैनिकले राष्ट्रमा ब्याप्त विकृति, बिसंगति र भ्रष्टाचारबिरुद्ध कलम चलाउँदै आएको छ । जनसवाल डटकम अनलाइन, अर्थ रोजगार टेलिभिजन कार्यक्रम, जनदबाब साप्ताहिकसमेत सञ्चालन गर्दै आएको जनसवाल पब्लिकेसनद्धारा जनसवाल दैनिक प्रकाशन हुँदै आएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *