धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

२०७८ माघ २७, बिहीबार १८:०८ गते २०७८ माघ २७, बिहीबार १८:०८ गते २०७८ माघ २७, बिहीबार १८:०८ गते

काठमाडौं, २७ माघ – काठमाडौं महानगरपालिका-१५ ठाडो भर्‍याङस्थित ग्रिल कारखानामा काम गर्ने
नुवाकोट बिदुर नगरपालिका-१ घर भएका २२ वर्षीय बिकास आचार्यलाई धारिलो हतियार
प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही कारखानामा काम गर्ने सुर्खेत वीरेन्द्रनगर
नगरपालिका-७ घर बताउने ४८ वर्षीय मिलन खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ

मदिरा सेवन गरी एक आपसमा विवाद हुँदा बिकासले जथाभावी गाली गलौज गरी
अश्‍लिल शब्द समेत बोलेकोले मिलनले चक्‍कु र बन्चरोले गर्धन र टाउकोमा प्रहार गरी
बिकासलाई गम्भीर घाइते बनाएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त
स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बिकासको मनमोहन मेमोरियल
अस्पताल हुँदै राष्ट्रिय ट्रमा सेन्टरमा थप उपचार भइरहेको छ ।
मिलन उपर ज्यान मार्ने उद्योग कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी
परिसर काठमाडौंले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *