एनआरएनए कोरियाले डलर खाता, लगानी र क्रिप्टोकरेन्सीका बारेमा अन्तरक्रिया

२०७८ माघ २८, शुक्रबार ०९:०७ गते २०७८ माघ २८, शुक्रबार ०९:०७ गते २०७८ माघ २८, शुक्रबार ०९:०७ गते

कोरिया / गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरियाको आयोजनामा डलर खाता, लगानी र क्रिप्टोकरेन्सी लगायतका विषयमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
एनसिसी कोरियाले ‘नेपालमा सुरक्षीत लगानीको अवस्था र सम्भावना, डलर खाता र वैधानीक रेमिट्यान्सको महत्व, क्रिप्टोकरेन्सीमा लगानी र देशको अर्थतन्त्रमा पार्ने प्रभाव’ लगायतका विषयमा बृह्त अन्तरक्रिया गर्न लागेको छ ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा , नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थ मन्त्रालयका सचिव मधु मरासिनीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

‘श्रमको सम्मान, श्रमिकलाई बित्तिय ज्ञान’ भन्ने मुल नारा तय गर्दै आयोजित कार्यक्रम जुम मार्फत भर्चुअल रुपमा हुने जनाईएको छ । कार्यक्रम यही आउँदो शनिवार फेब्रुअरि १२ मा कोरियन समय बेलुकी ठिक ८ बजे र नेपालि समय ४:४५ बजे हुनेछ ।
एनसिसी कोरियाका अध्यक्ष दिपक पुनले कार्यक्रममा सहभागिताका लागि कोरियामा रहेका सबै नेपालीहरुलाई आग्रह गरेका छन। पुनले कार्यक्रमबाट श्रम, ब्यापार, अध्ययन एबं बिभिन्न सिलसिलामा बसोबास गरिरहेका नेपालीहरु लाभान्वित हुने विश्वास ब्यक्त गरे । उनले उक्त कार्यक्रम अत्यन्त महत्वपुर्ण कार्यक्रम भएकाले समय मिलाएर सह्भागि भई फाईदा लिन आग्रह गरे ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *