पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानका लागि राजदूत महामहिम सैयद हैदर शाहबीच शिष्टाचार भेट

२०७८ फाल्गुन १, आईतवार २०:०८ गते २०७८ फाल्गुन १, आईतवार २०:०८ गते २०७८ फाल्गुन १, आईतवार २०:०८ गते

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानका लागि राजदूत महामहिम सैयद हैदर शाहबीच शिष्टाचार भेट

काठमाडौ ।नेपालका लागि पाकिस्तानका राजदूत एच ई सैयद हैदर शाहले आज नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलिलाई वहाँको निवास भक्तपुरको बालकोटमा भेटवार्ता गरेका छन् । नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने सन्दर्भमा राजनीतिक नेतृत्वसँगको पहुँचको एक हिस्साको रूपमा यो शिष्टाचार भेट थियो। राजदूतले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान पुर्याएकोमा उहाँको प्रशंसा गर्नुभयो । उनले सार्कको पुनरुत्थानका लागि गरेको प्रयासको पनि स्मरण गरे । राजदूतले केपी ओलीले ‘पाकिस्तानको मित्र’का रूपमा नेपाल–पाकिस्तान सम्बन्धमा निरन्तर योगदान दिने विश्वास व्यक्त गरे । केपी ओलीले राजदूतलाई धन्यवाद दिँदै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनोस् भन्ने व्यक्त गरे ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *