फेसियल हाउस द्वारा प्रणय दिवस फोटो शुट

२०७८ फाल्गुन २, सोमबार ०८:३९ गते २०७८ फाल्गुन २, सोमबार ०८:३९ गते २०७८ फाल्गुन २, सोमबार ०८:३९ गते

फेसियल हाउस द्वारा प्रणय दिवस फोटो शुट

काठमाडौ ।फेसियल हाउसले विभिन्न ओकेजनमा गर्दै आएको फोटो शुटलाई प्रणय दिवस (भ्यालेनटाईन डे )को अवसरमा पनि निरन्तरर्ता दिएको छ ।
एक दशक देखि सुगम संगीतका म्युजिक भिडियोमा एक क्षत्र राज गरिरहेका मोडल सनम कठायत र चिटिक्क परेको जीउडाल ठुला ठुला आखा भएकी अभिनय र नित्य ले छोटो समयमा नै दर्शकको मन मस्तिकमा बस्न सफल उषा उप्रेतीले प्रणय दिवस फोटो शुटको मोडलीङ गरेका छन् । अहिले सनम र उषा दुवै चलचित्रमा आउने तयारीमा छन् ।
फोटो शुटमा मेकअप र हेयर स्टाइल फेसियल हाउसको रहेको छ भने कुसुम बुट्टिक को ड्रेस र क्यामरा लेन्समा कुबेर डंगोलको रहेको छ ।
दुबै मोडलले यस प्रकारको फोटो शुट गर्न पाउँदा खुसिलागको बताएका छन् । उषाले यस भन्दा पहिला पनि फेसियल हाउसको मेकअप र हेयर स्टाइलमा फोटो सुट गरिसकेको बताईन् ।
उषा भन्छीन् ’ सुषमा महरा दिदी संग काम गर्दा धेरै नै नयाँ कुराहरु सिक्न पाएको छु । उनले फेसियल हाउस को मेकअप र हेयर स्टाइलको खुलेर प्रसंसा गरेकी छिन् ।
सनम ले भने पहिलो चोटी फेसियल हाउस सँग जोईन्ट भयर काम गर्न पाउदा आफुलाई सौभाग्यमानी ठानेको बताए । सनम भन्छन् ’ त्यतिकै हैन रहिछ नेपाल को नम्बर १ ब्युटीपार्लर फेसियल हाउस भनेको सुषमा दिदी संग काम गर्दा पारिवारिक महसुश हुदो रहिछ आगामी दिनहरुमा पनि फेसियल हाउस संग आफुलाई फेरी फेरी काम गर्न चाहा बढेको बताए ।
नेपालमा पनि १४ फेबरअरीको दिन प्रणय दिवस (भ्यालेनटाईन डे ) मानाउने गरीएको छ । यस दिनलाई फेसियल हाउसले विशेष रुपमा मनाउने गरीएको फेसियल हाउसका प्रबन्धक तथा बरिष्ठ सौंन्दर्यविद सुषमा महराले बताईन् । यो दिन फोटोलाइ आरकाइभ गर्ने र फेसियल हाउसमा आउने जोडीलाई ५० प्रतिसत छुट दिने जनाइन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *