एनआरएनए जापानको निर्वाचन रद्द, पुनः निर्वाचन गराउन संस्थापक अध्यक्ष प्रधानाङ्गको नेतृत्वमा समिति गठन

२०७८ फाल्गुन ३, मंगलवार २१:५८ गते २०७८ फाल्गुन ३, मंगलवार २१:५८ गते २०७८ फाल्गुन ३, मंगलवार २१:५८ गते

काठमाडौं(जस)–एनआरएनए जापानको निर्वाचनमा भएको धाँधलीबारे जाँचबुझ गरी समस्या समाधान गर्न गठित उच्चस्तरीय समितिले जुलाई ३० को निर्वाचनबाट आएको कार्य समितिलाई रद्द गरेको छ । समितिले निर्वाचनमा धाँधली भएको पुष्टि गर्दै त्यसरी आएको कार्य समितिलाई रद्द गरेको हो । त्यसैगरी समितिले अनिता गुरुङ समूहको कार्य समितिलाई पनि विघटन गर्दै उच्चस्तरीय समितिले जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्गको नेतृत्वमा नयाँ तदर्थ समिति गठन गरेको छ ।
जापान विवाद मिलाउन र समस्या सुल्झाउन शेष घलेको नेतृत्वमा गठित उच्चस्तरीय समितिले समितिका सदस्य एवं पूर्व अध्यक्षहरु देवमान हिराचन तथा भवन भट्टलाई अधिकार प्रत्यायोजन गरेको थियो । समितिले अध्ययन र अनुसन्धानपछि मंगलबार बाट लागु हुनेगरी गुरुङ र शिव पौडेलको समूहलाई विघटन गर्दै नयाँ प्रक्रियामा जान निर्देशन दिएको हो ।
जापान निर्वाचनमा भएको धाँधली र इमेल ह्याक प्रकरणको मुद्दा अहिले प्रहरीमा पुगेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले उक्त मुद्दाको अनुसन्धान जारी राखेको छ ।
कसरी गरियो जापानको चुनावमा धाँधली ?
गैरआवासीय नेपाली संघ जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्गको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समीक्षा समिति गठन गरिएको थियो ।समितिद्वारा प्रकाशित २९२ पृष्ठ लामो प्रतिवेदनमा एनआरएनए जापानको सदस्य नरहेकाहरुद्वारा ६० वटा ग्रुप मेल तयार गरी २ हजार ९ सय ४ मत अनधिकृत रूपमा मतदान प्रक्रियामा राखिएको तथ्य भेटिएको उल्लेख गरेको छ ।
सिस्टम लगअनुसार १ हजार ७१३ सदस्यहरुको जानकारी विना नै इमेल परिवर्तन गरिएको प्रतिवेदनमा उल्लेख छ । कुल ७ हजार ७ सय ५७ मत खसेकोमा ग्रुप मेलबाट २ हजार ९०४ र सिंगल इमेल दर्ता भएकाबाट ४ हजार ८५३ मत खसेको पाइएको प्रतिवेदनले जनाएको छ ।
प्रतिवेदनमा उल्लेख भएअनुसार ६० वटा ग्रुप मेलबाट २ वटादेखि ४९६ सम्म मत राखिएको छ । निष्पक्ष निर्वाचन र मतदाताको मताधिकार विपरीत ६० वटा ग्रुपमेल बनाई निर्वाचनको परिणामलाई प्रभावित पारेको स्पष्ट हुने र यसरी तयार पारिएका मेलबाट २ हजार ९७० मतदाताको सदस्यता बनाइएको, त्यसमध्ये ९८ प्रतिशत मतदान गरिएको पाइएको संयोजक प्रधानाङ्गले बताए ।
अनुसन्धानको दायरामा को–को ?
सूचना प्रविधिको दुरुपयोग गर्दै आफ्नो अधिकार खोसिएकोप्रति चिन्तित पीडितहरुले दिएको उजुरीपछि प्रहरीले अध्यक्ष कुमार पन्तसहित पाँच जनालाई बयानको लागि बोलाएको छ । ब्यूरोले उपाध्यक्ष बद्री केसी, महासचिव हेमराज शर्मा, सचिव गौरीराज जोशी, आइटी प्रमुख महेश श्रेष्ठ, एमआइएस निर्माणको जिम्मा लिएको इन्फिकेयर प्रालिका कर्मचारीलाई बयानका लागि बोलाएको बताइएको छ । एनआरएनए सचिवालय बालुवाटार स्रोतकाअनुसार पन्त, केसी, शर्मालगायत प्रहरीले बोलाएकाहरु प्रहरीबाट जोगिन कामको बहाना बनाएर विदेशीएका हुन । उनीहरुले आफ्नो नाममा अरुलाई वारेसनामा दिएर विदेशमा रहेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *