काठमाडौं, ४ फागुन – ख्यालठट्टाको नाममा सर्वसाधरण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक हैरानी
दिएको अभियोगमा झापा विर्तामोड नगरपालिका-४ आदर्शटोल ठेगाना भई हाल भक्तपुर
कौशलटार बस्ने २७ वर्षीय आकाश सेडाईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा वा मस्करी (Prank)को नाममा
सर्वसाधरणलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार
लगाउने जस्ता क्रियाकलापहरू समेटेर तयार गरेको गोप्य भिडियो Nepali Pranksters
नामक युट्युब च्यानलमा राख्ने कार्य गरेको खुल्न आएपछि आकाशलाई प्रहरीले पक्राउ गरेको
हो ।
आकाश उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति प्राप्त गरी
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले
जनाएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0