पाल्पामा एक युवाले गरे क्रान्तिकारी किरिया
पाल्पा जिल्लाको पूर्वी भागमा अवस्थित रामपुर नगरपालिका वडा नम्बर ७ बस्ने सिंगलाल सुनारले उहाँका बुवा भिम बहादुर सुनारको मृत्यु पश्चात् किरिया बस्ने क्रममा चल्दै आएको रितिथितिलाई परित्याग गर्दै निर्वादरुपमा उक्त कर्म टुङ्ग्याउनु भयो।सो क्रममा उहाँ र उहाँका परिवारले केहि सचेतन प्रयत्नहरु गर्नु भएको थियो जस्तै:- एक हप्ते किरिया,दान-दक्षिणा लेनदेनमा निषेध,गौमुत्र बर्जित र भोज भतेर बिना नै औपचारिक स्मरण सभा आयोजना गर्दै उक्त किरिया सम्पन्न गर्नुभएको छ।सो स्मरण सभा स्थानिय दलित युवाहरुको जुझारु संघठन ‘दलित युथ सेन्टर’ का संयोजक प्रेम कुमार गैरेको संयोजकत्व,संघठनका सदस्यहरु र स्थानियबासीहरुको उपस्थितिमा आयोजना गरि सम्पन्न भएको थियो।गण्डकी प्रदेशका तिन जिल्लाहरु स्याङ्जा,तनहुँ र नवलपुरका केहि नगर/गाउँपालिका र लुम्बिनी प्रदेशको पुर्वी-उत्तर भुगोलको अन्तिम खण्डमा अवस्थित यो सरहदमा यस प्रकारको क्रान्तिकारी किरिया पहिलो पटक भएको हो भनि यहाँका विभिन्न राजनैतिक दलका व्यक्तित्व,संचारकर्मी,वौद्धिक जमाथ र सामान्य जनताले समेत स्विकारेको स्थिति छ।यो सकारात्मक र सुधारात्मक कार्यलाई अभियानकै रुपमा अघि बढाउनु पर्दछ भन्ने चेतना यो घटनाले प्रष्फुटित र अङ्कुरित गरेको छ।
Views: 0