काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रीय समन्वय परिषद (एनसिसी) कतारले कतारको कानुन उल्लंघन हुने काम नगर्न कतारमा रहेका सम्पूर्ण नेपालीहरुमा अपिल गरेको छ । एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले एक अपिल जारी गर्दै नेपालीहरु वैदेशिक रोजगार तथा ब्यवसायिक उद्देश्यका लागि बिश्वको विभिन्न मुलुकमा छरिएर रहेका छौ। त्यसै अनुरुप रोजगारी तथा ब्यवसायको लागि आकर्षण र सुरक्षित गन्तब्य मुलुक कतारमा समेत धेरै संख्यामा नेपाली दाजुभाई दिदिबहिनी रहेको उल्लेख गरेका छन् ।

अपिलमा नेपाल र कतारकाबीच रहेको पारस्परिक सम्बन्धका कारण आज हामी जहाँ उज्ज्वल भबिस्यको सपना लिएर कतारमा कार्यरत रहेको र हामी जुन देशमा रहन्छौ सम्बन्धित देशको कानुनलाई मर्यादाका साथ पालना गर्नु हाम्रो कर्तव्य भएको र यदि यहाँ बसोबास गर्दा र कामकाजको सिलसिलामा कथमकदाचित समस्या परेमा समस्याको समाधान र निकासका लागि सम्बन्धित निकायबाट नियम संगत प्रक्रियामा जानु हामी सबैको दायित्व भएको उल्लेख गरिएको छ ।

‘हाल केही दिनदेखि सामाजिक संजाल मार्फत नेपाली श्रमिकहरुद्वारा कतारको कानुनु उल्लंघन हुने गरि गरिएका गतिबिधिहरु सार्बजनिक भएपछी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको ध्यानाकर्षण भएको र यस्ता गतिविधिहरुले नेपाली समाज र नेपाली श्रम बजारमा समेत असर पर्ने र स्थानीय कानुनको पनि उल्लंघन हुने र सो का लागि सजायको भागिदार बन्नुपर्ने अवस्था आउने हुँदा यस्ता गतिविधिमा संलग्न नहुन सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार हार्दिक अनुरोधका साथै अपिल गर्दछ’, अपिलमा छ ।

अपिल

कतार स्थित कार्यरत सम्मानित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक अपिल।
नेपालीहरु वैदेशिक रोजगार तथा ब्यवसायिक उद्देश्यका लागि बिश्वको विभिन्न मुलुकमा छरिएर रहेका छौ। त्यसै अनुरुप रोजगारी तथा ब्यवसायको लागि आकर्षण र सुरक्षित गन्तब्य मुलुक कतारमा समेत धेरै संख्यामा नेपाली दाजुभाई दिदिबहिनी रहेको सर्बबिदितै छ।
नेपाल र कतार बिचको बिच रहेको पारस्परिक सम्बन्धका कारण आज हामी जहाँ उज्ज्वल भबिस्यको सपना लिएर कतारमा कार्यरत छौ तथापि हामी जुन देशमा रहन्छौ सम्बन्धित देशको कानुनलाई मर्यादाका साथ पालना गर्नु हाम्रो कर्तव्य हो।
यदि यहाँ बसोबास गर्दा र कामकाजको सिलसिलामा कथमकदाचित समस्या परेमा समस्याको समाधान र निकासका लागि सम्बन्धित निकायबाट नियम संगत प्रक्रियामा जानु हामी सबैको दायित्व पनि हो।
हाल केही दिन देखि सामाजिक संजाल मार्फत नेपाली श्रमिकहरुद्वारा कतारको कानुनु उल्लंघन हुने गरि गरिएका गतिबिधिहरु सार्बजनिक भएपछी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको ध्यानाकर्षण भएको र यस्ता गतिविधिहरुले नेपाली समाज र नेपाली श्रम बजारमा समेत असर पर्ने र स्थानीय कानुनको पनि उल्लंघन हुने र सो का लागि सजायको भागिदार बन्नुपर्ने अवस्था आउने हुँदा यस्ता गतिविधिमा संलग्न नहुन सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार हार्दिक अनुरोधका साथै अपिल गर्दछौ।

मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *