काँग्रेस रौतहटमा कोइराला समूहको समर्थन उमेदवार सुनिल यादव (जितेन्द्र) लाई

२०७८ फाल्गुन २०, शुक्रबार २१:४३ गते २०७८ फाल्गुन २०, शुक्रबार २१:४३ गते २०७८ फाल्गुन २०, शुक्रबार २१:४३ गते

रौतहट । पटक–पटक रोकिएको रौतहट कांग्रेसको जिल्ला अधिवेशन फागुन २१ गते हुने भएको छ ।आसन्न जिल्ला अधिवेशनमा नेपाली कांग्रेस रौतहटको जिल्ला सभापतिका लागि २ जनाले उम्मेद्बारी दिएका छन् ।

भोलि शनिबार हुने अधिवेशनमा सुनिल कुमार यादव र हिर्दय नारायण यादवले सभापतिमा उम्मेदवारी दिएका हुन्। सुनिल कुमार यादव २०६४ सालको पहिलो संविधानसभा सदस्य हुन् भने अर्का उम्मेद्बार हिर्दय नारायण यादव नेपाली कांग्रेस रौतहटका निबर्तमान जिल्ला सचिव हुन्।

चुनावी मैदानमा होमिएका दुबैजना अहिलेका पाटि सभापति शेरबहादुर देउवा निकट भएता पनि सुनिल यादवलाई देउवा संगै कोइराला र गगन थापा समुहको पनि समर्थन रहेको छ।

जिल्ला अधिवेशनमा डा. शेखर कोइराला समूहको समर्थन सुनिल यादव (जितेन्द्र) लाई हुने भएको छ। सो समूहले दुवै उमेदवार आफ्नो समुहको नरहेकाले युवा जितेन्द्रलाई नै समर्थन गर्ने निर्णय गरेको हो। कोइराला समूह रूपान्तरण र युवाको पक्षमा रहेको र जितेन्द्र यादव नेपाल विद्यार्थी संघको राजनिति देखिनै महामन्त्री गगन थापा निकट रहेको स्रोतले जनाएको छ । डा. शेखर कोइराला समुह निकट महाधिवेशन प्रतिनिधि सुवाष कोइरालाले जितेन्द्र यादवको प्यानलबाट सचिव पदमा उमेदवारी दिएका छन् ।

१४औं महाधिवेशनमा पूर्व मन्त्री मो. आफताव आलम र रौतहट क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य देव प्रसाद तिमल्सिना शेर बहादुर देउवा समुहमा लागेपछि कोइराला समुहको उपस्थिति रौतहटमा कमजोर रहेको छ । रौतहटमा आफ्नो समुहको उपस्थिति बलियो बनाउनका लागिनै केन्द्रमा मुस्लिम कोटाबाट शेख वकिललाई सह महामन्त्रीमा चुनाव लडाएका थिए ।
बिहिबार मनोनयन दर्ताको प्रक्रिया सकिए संगै शनिवार नै मतदान हुने सुनिश्चित भएको छ।

दुई हजार ७५० मतदाता रहेको उक्त अधिवेशनले सात पदाधिकारीसहित ९६ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । शनिबार बिहान आठ बजे देखि साझ पाच बजे सम्म मतदान हुने निर्वाचन कार्यतालिका रहेको जिल्ला निर्वाचन अधिकृत दिपक राज रेग्मीले जानकारी दिएका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *