काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीले सदस्यता शुल्कको लागि एनआरएनए जापानको नाममा अन्तिम म्याद उल्लेख गरि ताकेतासहितको पत्राचार गरेसँगै एनआरएनए एशिया प्यासिफिक क्षेत्रले अध्यक्ष कुमार पन्तलाई पत्र पठाएर जानकारी दिन आग्रह गरेको छ । एनआरएनए एशिया प्यासिफिक क्षेत्रका संयोजक रोबिन्दप्रसाद श्रेष्ठ (गोबिन्द) ले अध्यक्ष कुमार पन्तका नाममा एक पत्र लेख्दै बिवाद समाधान नभइ ब्यक्तिगत रुपमा उठाएर पठाएको रकमले वैधानिकता पाउँछ कि पाउँदैन भन्दै गम्भीर प्रशन उठाएका छन् ?
श्रेष्ठले पत्रमा सदस्यता शुल्कसहितको रकम जापानमा पहिले नै जम्मा भइसकेको र जापानको निर्वाचन बिवादको कारण उक्त शुल्क नेपाल पठाउन नसकिएको उल्लेख गरेका छन् ।
‘अहिले आइसिसी बाट माग गरिएको सदस्यता शुल्क सदस्यता सख्या ९३९४ जना रहेको पत्रमा उल्येख छ । यो सख्याँ बिधार्थी सहितको सख्याँ रहेको र आइसिसीमा बिधानतः बिधार्थीको सदस्यता मान्यता नहुने प्राबधान रहेको छ । तसर्थ सदस्यता शुल्क पठाउदा बिधार्थीको सहित पठाउने कि आइसिसीले उल्येख गरेको सख्याँलाइआधार मान्ने भन्ने बिषयले अन्यौल पैदा गरेको छ’, श्रेष्ठले पठाएको पत्रमा छ ।
यस्तै श्रेष्ठले सदस्यता शुल्क एनआरएनए जापानको खातामा रहेको र जापानको निर्वाचन बिवादको कारण खातामा नै रहेकोमा अहिले जापानका आइसिसीका उम्मेदवारबाट उठाएर पठाउने भनि छलफल चलिरहेकोमा संस्थाको रकम हुँदाहुुँदै, बिवाद समाधान नभर्इ ब्यक्तिगत उठाएर पठाएको रकमले बैधानिकता पाउछ या पाउँदैन भन्ने बिषय अन्योल भएको कारण यसबारे जानकारी गराइदिन अध्यक्ष पन्तलार्इ अनुरोध गरेका छन् ।
श्री कुमार पन्त ज्यू,
अध्यक्ष
एनआरएनए, अन्तराष्ट्रीय समन्वय परिषद
बिषयः जानकारी पाउ भन्ने बारे ।
उपरोक्त बिषयका सम्बन्धमा एनआरएनए आइसिसी ले सदस्यता शुल्कको लागी एनआरएनए जापानको नाममा अन्तीम म्याद उल्येख गरि ताकेता सहितको पत्राचार गरेको कुरा जानकारी प्राप्त भयो । सदस्यता शुल्क सहितको रकम जापानमा पहिलेनै जम्मा भइसकेको र जापानको निर्वाचन बिवादको कारण उक्त शुल्क नेपाल पठाउन नसकिएको हो । साथमा अहिले आइसिसी बाट माग गरिएको सदस्यता शुल्क सदस्यता सख्या ९३९४ जना रहेको पत्रमा उल्येख छ । यो सख्याँ बिधार्थी सहितको सख्याँ रहेको र आइसिसीमा बिधानतः बिधार्थीको सदस्यता मान्यता नहुने प्राबधान रहेको छ । तसर्थ सदस्यता शुल्क पठाउदा बिधार्थीको सहित पठाउने कि आइसिसीले उल्येख गरेको सख्याँ लाइ आधार मान्ने भन्ने बिषयले अन्यौल पैदा गरेको छ ।
अर्को बिषय सदस्यता शुल्क एनआरएनए जापानको खातामा रहेको र जापानको निर्वाचन बिवादको कारण खातामानै रहेको छ । तर अहिले जापानका आइसिसीका उम्मेदवार बाट उठाएर पठाउने भनि छलफल चलिरहेको अबस्था छ । यो अबस्थामा सस्थाको रकम हुदाहुदै, बिवाद समाधान नभइ ब्यक्तीगत उठाएर पठाएको रकमले बैधानिकता पाउछ या पाउदैन भन्ने बिषय अन्योल भएको कारण यसबारे जानकारी गराइदिनुहुन अध्यक्ष ज्यूलाइ अनुरोध गर्दछु ।
रोबिन्द प्र. श्रेष्ठ (गोबिन्द)
संयोजक
एशिया प्यासीफिक क्षेत्र
मितीः 2022/03/03
स्रोत: राष्ट्रिय जन सवाल दैनिक
Views: 0