काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) का ५० बढी पदाधिकारी तथा सदस्यहरुले विधान विपरित बैठक बोलाएर गरिएका भनिएका निर्णयहरु मान्य नहुने जनाएका छन् ।
शनिबार एक विज्ञप्ति प्रकाशित गरी संघका उपाध्यक्षद्वय सोनाम लामा, मन केसी, सचिव आर के शर्मा, महिला संयोजक भोमा लिम्बू लगायतका पदाधिकारी तथा आइसीसी सदस्यहरुले संघको विधान र नियमावली अनुसार संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइइएस) मा एजेन्डाबारे छलफल भए पछि र पदाधिकारीहरु (ओबी) को बैठकले पास गरे पछि मात्रै १ हप्ता अगाडी एजेन्डा आइसीसीलाई पठाउनु पर्ने जनाइएको छ ।
उक्त कुनै पनि प्रक्रिया पुरा नगरी एकपक्षीय एजेन्डाहरु राखेर बैठक बोलाइएको उनीहरुले बताएका छन्। संघको विधान विपरित संरक्षक परिषद तथा उच्चस्तरीय समितिलाई खारेज गर्ने, अमेरिका, युके, अस्ट्रेलिया, जापान, क्यानडा लगायतका राष्ट्रिय समन्वय परिषदहरुको मान्यता समाप्त हुने लगायतका निर्णयहरु गरेको बताइएको छ ।
“त्यस्ता निर्णयहरुले संस्थालाई विभाजित गर्नुका साथै संस्थाको भविष्य नै धरापमा पर्ने निश्चित छ । त्यसैले हामी त्यस्तो आत्मघाती निर्णय सच्याएर उच्चस्तरीय समितिका संयोजक तथा प्रमुख संरक्षक डा. शेष घलेले बुझाउनु भएको प्रतिवेदनलाई आधार मानी अहिले देखिएका समस्याहरु समाधान गर्न आह्वान गर्दछौं। यदि योजनावद्ध रुपमा निहित स्वार्थ पुरा गर्ने उद्देश्यले संस्थालाई जबर्जस्ती विभाजित गर्ने योजनालाई अगाडी बढाइएमा त्यसको सम्पूर्ण जिम्मेवारी अहिलेको नेतृत्वले नै लिनु पर्ने पनि जानकारी गराउंछौं,” वक्तव्यमा भनिएको छ ।

वक्तव्य जस्ताको तस्तै :

मिति: ५ मार्च २०२२

प्रेस वक्तव्य

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बुधबार, २ मार्च २०२२ मा विधान विपरित बोलाइएको बैठकले संस्थाको एकता र हित विरुद्ध हुने गरी गरेका निर्णयहरु प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
गैर आवासीय नेपाली संघको विवाद मिलाउन उच्चस्तरीय समितिले काम गरिरहेको बेला संघ फुटाउने उद्देश्यले विधान विपरित बोलाइएको उक्त बैठकमा अधिकांश पदाधिकारी तथा आइसीसी सदस्यहरु अनुपस्थित रह्नु भएको थियो।
संघको विधान र नियमावली अनुसार संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइइएस) मा एजेन्डाबारे छलफल भए पछि र पदाधिकारीहरु (ओबी) को बैठकले पास गरे पछि मात्रै १ हप्ता अगाडी एजेन्डा आइसीसीलाई पठाउनु पर्ने हुन्छ। तर उक्त कुनै पनि प्रक्रिया पुरा नगरी एकपक्षीय एजेन्डाहरु राखेर बैठक बोलाइएको थियो । तर २ मार्च २०२२ मा बसेको बैठकले संघको विधान २००३ (२०२१ संशोधन सहित) विपरित संरक्षक परिषद तथा उच्चस्तरीय समितिलाई खारेज गर्ने, ७० प्रतिशत भन्दा बढी पन्जीकृत सदस्यहरु रहेका अमेरिका, युके, अस्ट्रेलिया, जापान, क्यानडा लगायतका राष्ट्रिय समन्वय परिषदहरुको मान्यता समाप्त हुने लगायतका निर्णयहरु गरेको बुझिएको छ। त्यस्ता निर्णयहरुले संस्थालाई विभाजित गर्नुका साथै संस्थाको भविष्य नै धरापमा पर्ने निश्चित छ। त्यसैले हामी त्यस्तो आत्मघाती निर्णय सच्याएर उच्चस्तरीय समितिका संयोजक तथा प्रमुख संरक्षक डा. शेष घलेले बुझाउनु भएको प्रतिवेदनलाई आधार मानी अहिले देखिएका समस्याहरु समाधान गर्न आह्वान गर्दछौं। यदि योजनावद्ध रुपमा निहित स्वार्थ पुरा गर्ने उद्देश्यले संस्थालाई जबर्जस्ती विभाजित गर्ने योजनालाई अगाडी बढाइएमा त्यसको सम्पूर्ण जिम्मेवारी अहिलेको नेतृत्वले नै लिनु पर्ने पनि जानकारी गराउंछौं।

नाम पद
सोनम लामा उपाध्यक्ष
मन के सी उपाध्यक्ष
आर के शर्मा सचिव
महिला संयोजक भोमा लिम्बू
युवा संयोजक हिमाल गुरुङ
युरोप संयोजक नारायण आचार्य
मध्यपूर्व संयोजक प्रबिन गुरुङ
एसिया संयोजक रोबिन्द प्रसाद श्रेष्ठ
उपसंयोजक युरोप शुक्रराज न्यौपाने
उपसंयोजक ओसियाना नबिन कंडेल
उप संयोजक अमेरिकाज आर सि पोख्रेल
उप संयोजक एसिया खगेन्द्र न्यौपाने
उप संयोजक मध्यपूर्व मनोज कुमार श्रेष्ठ
युवा संयोजक अमेरिकाज बिमला सापकोटा
युवा संयोजक ओसियाना राज थपलिया
मध्यपूर्व युवा संयोजक राजु रेग्मी ‘राज’
मध्यपूर्ब महिला संयोजक सुमित्रा देबी पौडेल
युरोप महिला संयोजक योगिता थापा
अफ्रीका महिला संयोजक मन थापा
आइसिसि सदस्यहरु
चिन्तामणी सापकोटा, स्पेन
बिजय मोक्तान, जर्मनी
सन्तोष जोशी, बेल्जियम
दयानिधी सापकोटा, युके
सुशिला राई, युके
गुणराज शर्मा, स्विजरल्यान्ड
बिनोद कार्कि, आएरल्यान्ड
बालकृष्ण सापकोटा, लक्जेम्बर्ग
नारायणकाजी मगर, पोर्चुगल
रबिन अधिकारी, पोर्चुगल
ठाकुर प्रसाद शर्मा, नेदरल्यान्ड
अर्जुन कुमार श्रेष्ठ, स्वीडेन
राजु अर्याल, नर्बे
रमेश काफ्ले, डेन्मार्क
डा बोधराज सुवेदी, पोल्यान्ड
लक्ष्मी कुमारी गुरुङ, साउथ कोरिया
विश्व बिक्रम राई, मलेसिया
महेन्द्र जंग शाह, मलेसिया
टेक टमाटा, मलेसिया
युवराज शर्मा, कतार
होमनाथ शर्मा, कतार
अब्दुल वासिद, कतार
रमेश भट्ट, कतार
शिव राज पौडेल, अमेरिका
पासांग लामा, अमेरिका
दुर्गा आचार्य ,अस्ट्रेलिया
छबि सापकोटा, अस्ट्रेलिया
नारायण काफ्ले, अस्ट्रेलिया
सन्तोष कुंवर, अस्ट्रेलिया
अरुण कुमार ठाकुर, अस्ट्रेलिया
दिलिप गुरुङ, हङकङ
राजु के सी, दुबइ
डी पि कंडेल, जापान
नवीन पौडेल, दुबइ

स्रोत: राष्ट्रिय जन सवाल दैनिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *