काठमाडौं, २२ फागुन
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईबाट हेटौंडा
उपमहानगरपालिका-१० कर्रा बस्ने २२ वर्षीय थिल्ले लामा तामाङ र सोही
उपमहानगरपालिका-४ बस्ने २६ वर्षीय अजय घलेलाई ७ ग्राम ६ सय मिलिग्राम अवैध
लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा वीरगञ्जबाट
हेटौंडातर्फ आउँदै गरेको बा.१९ प ३०४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको
साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१९ फुलवारीबाट सोही उपमहानगरपालिका-
१९ पच्चिस घर बस्ने २२ वर्षीय टाइसन कुश्मी चौधरीलाई करिब १ सय ८० मिलिग्राम अवैध
लागूऔषध खैरो हेरोइन सहित शनिबार साँझ प्रहरीले पक्राउ गरको छ । सिमा प्रहरी चौकी
बहुलियाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा टाइसन कुश्मीको साथबाट उक्त लागूऔषध
फेला पारी पक्राउ गरेको हो ।
मोरङ, कानेपोखरी गाउँपालिका-५ भौसाबारीबाट करिब १२ ग्राम २ सय ३०
मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ र नगद २ हजार ६ सय ९०
रुपैयाँ सहित सोही ठाउँ बस्ने २२ वर्षीय प्रकाश ढकाल समेत ३ जनालाई शनिबार साँझ प्रहरीले
पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको
प्रहरीले जाँच गर्नेक्रममा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-५ देउराली डेरा गरी बस्ने २६ वर्षीय चेतन
मगरलाई नियन्त्रित लागूऔषध ३ हजार ६० ट्याब्लेट ट्रामाडोल, १ हजार ७ सय ५० ट्याब्लेट
स्पास्पेइन र २ हजार ३ सय १५ ट्याब्लेट डिकोलिक सहित शनिबार बेलुकी प्रहरीले पक्राउ
गरेको छ । विशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरीले उनको
कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0