यामाहा महा–एक्सचेन्ज मेलाको शुभारम्भ

२०७८ फाल्गुन २३, सोमबार ०८:५६ गते २०७८ फाल्गुन २३, सोमबार ०८:५६ गते २०७८ फाल्गुन २३, सोमबार ०८:५६ गते

नारायणगढ/यामाहा मोटरसाइकल तथा स्कुटरको लागि आधिकारिक बिक्रेता नविन अटो सेन्टरले फागुन २२ गतेदेखि २७ गतेसम्म नारायणगढस्थित नारायणी नदी किनारमा महा–एक्सचेन्ज मेलाको एककार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।
नविन अटो सेन्टरकी संरक्षक मुनादेवी कर्माचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रमका सभापति एवम् प्रमुख अतिथिद्वयले हाम्रो घर संस्थामा आश्रित वालवालिकाहरुलाई एकदिनको खानाको लागि आर्थिक सहयोग गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा चितवन अटो डिलर एसोशिएसनका पूर्व अध्यक्ष ईश्वर कुमार श्रेष्ठ, नेपाल अटो टे«ड युनियनका अध्यक्ष सागर देउजा, चितवन अटो मोवाइल्स एसोसिएनका अध्यक्ष कृष्ण भण्डारी, चितवन अटो रिकण्डीशन एशोसिएसनका अध्यक्ष सूर्य अधिकारी, नेपाल अटो डिलर एशोसिएसनका सदस्य गोपाल भट्टराई, हाम्रो घरका अध्यक्ष शिवराज गिरी, चितवन अटो मेकानिकल एसोसिएसनका अध्यक्ष प्रेम प्रसाद पाण्डे, बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमल, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भगवानराज थापा, यामाहा कावासोती शाखाका निर्देशक राकेशमान श्रेष्ठले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
महा–एक्सचेन्ज मेलामा कुनैपनि ब्राण्डका मोटरसाइकल, स्कुटरसँग एक्सचेन्ज गर्न सकिने, मूल्याङ्कनमा रु दश हजार, नगद रु सात हजार छुट दिईने, जिरो प्रतिशत स्किम सुविधा, किस्तामा लिन चाहनेहरुको लागि तीन किस्तासम्म छुटको व्यवस्था, प्रत्येक टेष्ट डाइभ गर्ने ग्राहकहरुको लागि फ्रि बोटिङ्ग पासको व्यवस्था रहेको र कार्यक्रम अवधिभर विभिन्न फेशन शो, नृत्यसँगै गीतसंगीतले मेलामा आउने दर्शकहरुलाई मनोरञ्जन दिने नविन अटो सेन्टरका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्यले जानकारी दिनुभयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *