एनआरएनएको एकतर्फी निर्वाचन मान्य छैन – कुल आचार्य

२०७८ फाल्गुन २४, मंगलवार २०:११ गते २०७८ फाल्गुन २४, मंगलवार २०:११ गते २०७८ फाल्गुन २४, मंगलवार २०:११ गते

काठमाडौँ – गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा दशौँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेवार कुल आचार्यले संघमा कडा निर्णय गर्ने बेला आएको जनाएका छन्। मंगलबार आफ्नो फेसबुकमा एक स्ट्याटस लेख्दै आचार्यले गएको झन्डै ८ महिना देखि संसारभरिबाट साथीहरुले आवाज उठाउंदा पनि डेलिगेट्स समस्याको समाधान नगरिएको बताए। उनले एकलौटी निर्वाचन आफुहरुलाई मान्य नहुने पनि उल्लेख गरेका छन् । “यो संस्था तपाईं हामी सबैको हो। हामी सबै एउटै परिवार भएर बसेकोमा सानो समूहले आफ्नो स्वार्थका लागि यसलाई प्रयोग गर्दै आएको खुलासा भै सकेको छ । सहनुको पनि एउटा सीमा हुन्छ। अब संस्था बचाउन एउटा ठोस निर्णय गर्नु पर्ने बेला आएको छ। म सबै साथीहरुलाई एक ढिक्का हुन र संस्थाको हितको लागि जस्तो सुकै कडा निर्णय गर्न पनि तयार रहन अपिल गर्दछु,” आचार्यले भने।

एनआरएनएमा डेलिगेट्स विवाद समाधान नगरिकनै एकपक्षीय रुपमा निर्वाचन कार्यक्रम अगाडी बढाइए पछि संसारभरि त्यसको चर्को विरोध भएको छ।उच्चस्तरीय समितिले आफ्नो काम जारी राख्दाराख्दै अध्यक्ष कुमार पन्तले पठाएको ३,६०० बढी प्रतिनिधिको नाम प्रकाशित गरेर निर्वाचन समितिले निर्वाचन कार्यक्रम अगाडि बढाएको हो। उच्चस्तरीय समितिका संयोजक तथा संघका प्रमुख संरक्षक शेष घलेले निर्वाचन समितिलाई एक पत्र पठाउंदै दावी विरोध गरेका थिए। उनले कुमार पन्त समेत रहेको समितिले गरेको छानबिनको आधारमा झन्डै २,६०० प्रतिनिधि मात्रै मतदान गर्न योग्य रहेको निर्वाचन समितिलाई जानकारी गराएका थिए। तर अध्यक्ष पन्तको ठाडो दबाबमा निर्वाचन समितिले घलेले पठाएको सूचीबारे सुनुवाई नै गरेन।झन्डै १,००० फर्जी मतदातालाई समावेश गराएर गरिने कथित चुनावलाई परराष्ट्र मन्त्रालय र अदालतले पनि मान्यता नदिने जानकारहरु बताउंछन्।
स्रोत: राष्ट्रिय जनसवाल दैनिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *