बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न (फोटोसहित)

२०७८ फाल्गुन २४, मंगलवार २१:१७ गते २०७८ फाल्गुन २४, मंगलवार २१:१७ गते २०७८ फाल्गुन २४, मंगलवार २१:१७ गते

काठमाडौं, २३ फागुन – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा प्रहरी प्रधान कार्यालयमा
सोमबार बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ ।


नेपाल प्रहरी संगित विद्यालयका म्युजिसियन र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का
म्युजिसियनबाट सामूहिक रुपमा उक्त कन्सर्ट सम्पन्न भएको हो । सो अवसरमा नेपाल प्रहरी
संगित विद्यालयका तर्फबाट प्रहरी नायव उपरीक्षक भुला राज खनाल समेतको टोली र बैण्ड
अफ द ब्रिगेड अफ गोर्खाज्‌का तर्फबाट Director Of Music, Captain Sean O’Neil एवं
Assistant Director Of Music, Designate WO2, सुनिल गुरुङ समेतको टोलीद्वारा
विभिन्न सुमुधर धुन प्रस्तुत गरिएको थियो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले Defence Attache, Colonel,
Paul Smith र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌को तर्फबाट Director Of Music,
Captain Sean O’Neil लाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो । सोही अवसरमा Defence
Attache, Colonel, Paul Smith ले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई समेत कृतज्ञताको
चिनो प्रदान गर्नुभयो ।


वि.सं.२००९ सालमा शुरु भएको नेपाल प्रहरी संगित विद्यालय बैण्डद्वारा विभिन्न
राष्ट्रिय दिवस, खेलकुद, संगठनका विभिन्न कार्यक्रम एवं विभिन्न स्थलहरूमा समयसमयमा
सहभागिता र कन्सर्टको आयोजना गर्ने गरेको छ । बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌ र नेपाल
प्रहरी संगित विद्यालयको सम्बन्ध सन् २००४ सालदेखि नै रहँदै आएको छ । संयुक्त रुपमा यी
दुवै बैण्डहरूद्वारा समन्वय र सहकार्यमा संयुक्त तालिम र कन्सर्टहरू हुने गरेका छन् ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ
प्रहरी अधिकृतहरू, बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का प्रतिनिधिहरू लगायत अन्य प्रहरी
कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *