काठमाडौं २४ फागुन २०७८ शर्मिला विश्वकर्मा, एविलिज फाउण्डेशनका राष्ट्रिय संयोजक डा. विरेन्द्रराज पोखरेलले एविलिज फाउण्डेशनले विश्वका विभिन्न देशहरुमा जस्तै नेपालमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुलाई अनुदान सहयोग उपलब्ध गराउदै आएको बताउनु् भयो ।
११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पहिचान नेपालले एविलिज फाउण्डेशनको सहकार्यमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले यस फाउण्डेशनले अहिले सम्म १९८ वटा परियोजना उपलब्ध गराई सकेको भन्दै अझै पनि अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले परियोजना पेश गरेमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
पहिचान नेपालले आज ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा अपाङ्गता भएका महिलाहरुको सवाल, चुनौती र आधिकारका विषयमा अन्तरक्रिया गोष्ठिको आयोजना गरेको थियो ।
यसै कार्यक्रममा आयोजक संस्था पहिचान नेपालकी अध्यक्ष इच्छा के.सी.ले यस संस्थाले कोभिडको महामरी तथा विभिन्न विपतका समयमा एविलिज फाउण्डेशनको सहयोगमा विभिन्न समस्यामा परेका अपाङ्गता भएका महिलाहरुलाई आवश्यक राहत सामग्री अन्र्तगत खाद्य सामग्री, स्वास्थ्य सामग्री, विउपुँजी वितरण गरेको बताउनु भयो ।
दृष्टिविहिन अपाङ्ग महिला संघकी अध्यक्ष सिता सुवेदीले राज्यले सबै तहमा अपाङ्गता भएका महिलाहरुको हक हित र अधिकार सुनिश्ति गर्नु पर्ने बताउदै औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भयो ।
त्यसै गरी ललितपुर महानगरपालिकाकी अधिकृत निरा अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी २००६ लाई नेपाल सरकारले सन् २००९ मा अनुमोदन गरेको भएता पनि अहिले सम्म सरकारी निकायहरुमा अपाङ्गता मैत्री वातावरण नहुदा अपाङ्गता भएका व्यक्तिहरुले हरेक निकायमा अवरोधको सामना गर्न परेको बताउनु भयो । त्यसै गरी उहाँले लोकसेवामा आरक्षण कोटाबाट प्रतिस्पर्धा गर्दा अपाङ्गताको प्रकृतिका आधारमा गराइनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
सो अन्तरक्रिया गोष्ठिमा परिवार नियोजन संघका साथी शिक्षक सञ्जिया श्रेष्ठले अपाङ्गता भएका महिलाहरुको यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा र मनोसामाजिक विशेषज्ञ मधुसुधन घिमिरेले अपाङ्गता भएका व्यक्तिहरुको मनोसामाजिक अवस्थाको विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
यसै गरी एविलिज फाउण्डेशनका राष्ट्रिय संयोजक डा. विरेन्द्रराज पोखरेलले एविलिज फाउण्डेशनले नेपालमा अपाङ्गता भएका व्यक्तिहरुका लागि कसी काम गर्दछ भन्ने विषयमा जानकारी गराउनु भएको थियो ।
यस कार्यक्रममा ललितपुर महानगरपालिकाकी अधिकृत निरा अधिकारीलाई सम्मान पनि गरियो ।
Views: 0