भारतीय नागरिकको हत्यामा संलग्न २ जना पक्राउ

२०७८ फाल्गुन २७, शुक्रबार २१:५५ गते २०७८ फाल्गुन २७, शुक्रबार २१:५५ गते २०७८ फाल्गुन २७, शुक्रबार २१:५५ गते

कैलाली, २७ फागुन – धनगढी उपमहानगरपालिका-४ शिवपुरी धाम नजिक डेरा गरी बस्ने भारत उत्तर
प्रदेश सहेजापुर घर भएका ४२ वर्षीय कुलदीप गुप्ताको हत्या भएको घटनामा संलग्न रहेको
अभियोगमा २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाजुरा खप्तड छेडेदह गाउँपालिका-२ बस्ने २४ वर्षीय राजेन्द्र बुढा र
सोही ठाउँ बस्ने २० वर्षीय भुपेन्द्र बुढा रहेका छन् ।

धनगढी उपमहानगरपालिका-५ केराबारीस्थित सडक किनाराको नालीमा गत
सोमबार कुलदीप गुप्ताको शव फेला परेको सूचना प्राप्त हुनासाथ सुदूर पश्चिम प्रदेश प्रहरी

कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा
उनीहरूलाई पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका-१ स्थित मिल्कि फन आइसक्रिमका सञ्चालकसँग फागुन
२२ गते आइसक्रिम विक्री गरेको बापत १ हजार २ सय ४० रुपैयाँ बुझी हिँडेका कुलदीपसँग
से.१ घ २८६६ नम्बरको अटोमा जाँदै गरेका राजेन्द्र र भुपेन्द्रको पार्कमोड नजिक भेट
भएको थियो । कुलदीपलाई समेत अटोमा लिएर जाने क्रममा निजहरु बीच भाडाको
बिषयमा विवाद हुँदा कुलदीपले गालीगलौज गर्न थालेपछि उनीहरूबीच हातपात हुँदा
कुलदीप सडक छेउ नालीमा खसेपछि भुपेन्द्रले काठको टुक्रा प्रहार गरी हत्या गरेको खुल्न
आएको छ । तीनै जनाले मादक पदार्थ सेवन गरेको अवस्थामा तत्कालको रिस आवेग थाम्न
नसकी घटना भएको खुल्न आएको छ ।
उनीहरू उपर ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *