सरोकारवालाहरुलाई कार्यक्रममा सहभागी हुन आग्रह – नेपाल एसोसिएसन युएई

२०७८ फाल्गुन २८, शनिबार २१:३६ गते २०७८ फाल्गुन २८, शनिबार २१:३६ गते २०७८ फाल्गुन २८, शनिबार २१:३६ गते

युएई । नेपाल एसोसिएसन युएईको साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको छ। दुबईस्थित काल्टन टावर होटलमा आगामी आइतबार (मार्च १३) मा आयोजना हुने आयोजना हुने साधारणसभामा अतिथि आमन्त्रण एवम् व्यवस्थापन, स्वयंसेवक छनौट तथा परिचालनलगायत सम्पूर्ण तयारी पूरा भएको एसोसिएसनले जनाएको छ।

कार्यक्रममा नेपाली दूतावासकी श्रम काउन्सिलर निर्मला थापा र श्रम सहचारी प्रमिला केसि उपस्थित हुने तय भएको एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन्। यसैगरी युएईमा क्रियाशिल नेपाली सामाजिक संघ संस्थाका प्रतिनिधिहरु र युएईको सामुदायिक विकास प्राधिकरण (सिडिए)का प्रतिनिधिहरु समेत उपस्थित हुने श्रेष्ठले जानकारी दिए। उनले युएईमा क्रियाशिल सम्पूर्ण नेपाली संघ संस्थाका प्रतिनिधि एवम् सरोकारवालाहरुलाई समेत कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।

साधारणसभाबाट नेपाल एसोसिएसनको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ। जसका लागि आवेदन दिन शनिबार अपराह्न ३ बजेसम्मको समयावधि दिइएको एसोसिएसनले जानकारी दिएको छ। प्राप्त नोमिनेसनहरुबाट सिडिएले बोर्ड अफ डाईरेक्टर चयन गर्ने बताईएको छ।

कार्यक्रममा नेपाल एसोसिएसनका विभिन्न अंगमा रही योगदान पुर्‍याउने व्यक्तिहरुलाई प्रसंसापत्र समेत प्रदान गरिने बताईएको छ।

स्रोत: राष्ट्रिय जनसवाल दैनिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *