बिभिन्न स्थानबाट अवैध लागूऔषध सहित पक्राउ

२०७८ फाल्गुन २८, शनिबार २२:०८ गते २०७८ फाल्गुन २८, शनिबार २२:०८ गते २०७८ फाल्गुन २८, शनिबार २२:०८ गते

काठमाडौं, २८ फागुन – काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध
नाईट्राभेट ५ सय ७० ट्याब्लेट सहित कैलाली टिकापुर नगरपालिका-७ बस्ने २७ वर्षीय
किरण साउदलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जनकपुरबाट काठमाडौंतर्फ
आउँदै गरेको प्र.१-०२-००१ ख ८८६४ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा
सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनीउपर जिल्ला
अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।
यसैगरी काठमाडौंका विभिन्न स्थानबाट करिब २९ ग्राम १ सय मिलिग्राम अवैध
लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका-७
घर भएका २५ वर्षीय रोमन भण्डारी, कागेश्वरी बस्ने दोलखा भिमेश्वर नगरपालिका-५ घर
भएका २५ वर्षीया प्रज्ञा कार्की, काठमाडौं महानगरपालिका-३२ बस्ने सिन्धुपाल्चोक
चौतारा साँगाचोक गढी नगरपालिका-४ घर भएका ३८ वर्षीय राजेश नेपाल र काठमाडौं
महानगरपालिका-३२ बस्ने भारत पश्चिम बंगाल मेदनापुर देवराथाना बहादुरग्राम घर
भएका २९ वर्षीय मिजाहिद राजा रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट
खटिएको प्रहरीले रोमन र प्रज्ञाको कोठाबाट २९ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ, २
थान डिजिटल तराजु तथा नगद १ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरेको थियो । थप
अनुसन्धानको क्रममा उक्त कारोबारमा संलग्न मिजाहिद राजालाई १ सय मिलिग्राम उक्त
पदार्थ र राजेश समेतलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट
लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

झापा, मेचीनगर नगरपालिका-६ मेचिपुल छेउबाट करिब ८ ग्राम अवैध लागूऔषध
खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित कमल गाउँपालिका-६ बस्ने ३४ वर्षीय दिपेन्द्र
भण्डारीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा
र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ
आउँदै गरेका दिपेन्द्रलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

उदयपुर, बेलका नगरपालिका-१ आम्बासीस्थित सडकबाट करिब १३ ग्राम अवैध
लागूऔषध ब्राउनसुगर सहित चौदण्डीगढी नगरपालिका-४ संगम टोल बस्ने ३१ वर्षीय
भुषण राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्र.३-०२-०१२ प ७०७७ नम्बरको
स्कुटरलाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा
स्कुटर चालक राईलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, इनरुवा नगरपालिका-४ बसपार्कबाट करिब ९६ ग्राम अवैध लागूऔषध
ब्राउनसुगर सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा
कोशी गाउँपालिका-८ बस्ने २२ वर्षीय मिथुन कुमार यादव र सोही गाउँपालिका-८
भण्टाबारी बस्ने १९ वर्षीय प्रमोद कुमार सरदार रहेका छन् । विआर ३८ एस ०६२३
नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण व्यूरो बिराटनगर र जिल्ला प्रहरी
कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार
उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, भिमफेदी गाउँपालिका-२ भैसेबाट करिब २ केजी २ सय ग्राम अवैध
लागूऔषध गाँजा सहित कैलाशा गाउँपालिका-३ र सोही गाउँपालिका-९ बस्ने २ जना
किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नामटारबाट हेटौंडातर्फ जाँदै गरेको

ना.४ ख ४०२४ नम्बरको बसलाई प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा
बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *