ट्राफिक नियन्त्रण १४३ औं समूहको तालिम सञ्चालन

२०७८ फाल्गुन २९, आईतवार २१:२७ गते २०७८ फाल्गुन २९, आईतवार २१:२७ गते २०७८ फाल्गुन २९, आईतवार २१:२७ गते

काठमाडौं, २९ फागुन – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक
प्रहरी महाशाखा रामशाहपथमा १४३ औं समूहको ट्राफिक नियन्त्रण तालिम संचालन भएको छ

सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले महाशाखामा
आइतबार आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो ।
सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक जोशीले प्रशिक्षार्थीहरूले अनुशासित, लगनशील र
ईमान्दार भएर तालिम हाँसिल गर्नुपर्ने चर्चा गर्दै ट्राफिक प्रहरीले सडकबाटै जनताको सेवा
प्रदान गर्ने भएकाले मिठो बोलीबचन र ब्यवहारिक भएर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले तालिम सम्बन्धी
प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार २ जना र
प्रहरी जवान ७५ जना गरी कुल ७७ जना प्रशिक्षार्थीहरु सहभागि रहेको जानकारी दिनुभयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *