प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट उदयपुरमा नवनिर्मित भवनहरुको उद्‌घाटन (फोटोसहित)

२०७८ चैत्र १, मंगलवार १९:१४ गते २०७८ चैत्र १, मंगलवार १९:१४ गते २०७८ चैत्र १, मंगलवार १९:१४ गते

उदयपुर, ३० फागुन – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय उदयपुरको हाताभित्र
नवनिर्मित कार्यालय, व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुखको निवास, सिनियर प्रहरी
अधिकृत आवास, प्रहरी भान्साघर तथा नागरिक सहायता कक्षको सोमबार आयोजित
कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । उहाँले उक्त भवनहरूको निरीक्षण गर्नुका साथै भवन
निर्माण कार्यमा उल्लेखनीय योगदान पुर्‍याउने महानुभावहरुलाई प्रशंसापत्र समेत प्रदान
गर्नुभयो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नयाँ भवनबाट पाउने
प्रहरी सेवाको आशा नागरिकमा पनि बढ्ने भएकोले प्रहरीले प्रदान गर्ने सेवाको गुणस्तरलाई
अझ प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्नुभयो । चौबिसै घण्टा ड्युटीमा खटिनुपर्ने प्रहरी
कर्मचारीहरुलाई नयाँ भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकूल
वातावरण सृजना गर्ने विचार व्यक्त गर्दै थप जोश र उर्जाका साथ प्रहरी काम कारवाहीलाई
अगाडि बढाउन कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन दिनुभयो । सुरक्षा
भनेको नागरिक र प्रहरीको संयुक्त जिम्मेवारी भएकाले अपराध नियन्त्रण कार्यमा प्रहरीलाई
सहयोग गर्न उहाँले उपस्थित सर्वसाधारणलाई अनुरोध समेत गर्नुभयो ।

उक्त अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव
महानिरीक्षक अरुण कुमार बिसीले धन्यवाद ज्ञापन गर्दै सुबिधा सम्पन्न भवन प्राप्त भएसँगै
प्रहरीद्वारा आम नागरिकलाई चुस्त दुरुस्त तथा थप प्रभावकारी ढंगले जनमैत्री प्रहरी सेवा
प्रदान गर्नेमा आफू बिश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र
कुमार यादब, त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी तथा पत्रकार महासंघ उदयपुरका
अध्यक्ष भरत खड्काले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

त्रियुगा नगरपालिका-१० बोक्सेस्थित जिल्ला प्रहरी कार्यालय उदयपुरको हाताभित्र
नवनिर्मित उक्त भवनहरू नेपाल सरकारको नियमित बजेटबाट कूल ९ करोड ४९ लाख ९६
हजार ६ सय ६८ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।


उक्त कार्यक्रममा संघीय प्रहरी ईकाई कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक
बिकासराज खनाल, विभिन्न सरकारी कार्यालयका जिल्लास्थित प्रमुख तथा प्रतिनिधि,
बिभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थानिय बुद्धिजीवी, समाजसेवी तथा प्रहरी
कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *