परराष्ट्र मन्त्रालयले एनआरएनएको बर्तमान नेतृत्वसँग सहकार्य नगर्ने

२०७८ चैत्र २, बुधबार २२:०५ गते २०७८ चैत्र २, बुधबार २२:०५ गते २०७८ चैत्र २, बुधबार २२:०५ गते

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए_को इतिहास मै पहिलो पटक परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर गरेका संघका कामचलाउ अध्यक्ष कुमार पन्त र बर्तमान नेतृत्वसंग मन्त्रालयले सहकार्य नगर्ने जनाएको छ।
‘परराष्ट्र मन्त्रालय विरुद्ध अदालतमा मुद्दा हाल्ने बर्तमान कार्यसमिती संग हामीले कसरी सहकार्य गर्न सक्छौं? मन्त्रालयले त यो कार्यसमिती खारेज गरिसकेको छ नी मन्त्रालयका एक उच्च अधिकारीले प्रश्न गरे। ‘उनले बर्तमान कार्यसमिती र अध्यक्ष पन्तले मुद्दा फिर्ता लिएर माफी मागेमा मात्र त्यस बारे केहि सोच्न सकिने ती पदाधिकारीले बताए ।

मन्त्रालयले महाधिवेशन गराउन संरक्षक परिषदलाई जिम्मा दिए पछि पन्त उच्च अदालत पाटन पुगेका थिए। उक्त मुद्दा उपर अन्तिम फैसला हुन भने बाकी छ। उक्त मुद्दाको आज पुनरावेदन अदालत पाटनमा बहस हुदैछ । यसै बीच संघका अध्यक्ष कुमार पन्त,उपाध्यक्ष बद्री केसी,महासचिव हेम राज शर्मालगाएतको मिलेमतोमा संघको १० औं विश्व सम्मेलन तथा महाधिवेशनको लागि परराष्ट्रमन्त्री नारायण खड्काको अध्यक्षतामा एक आयोजक समिति गठन गरिएको झुट्ठा प्रचार गराएका छन् । अघिल्ला अघिल्ला अधिवेसनको पत्रलाई किर्ते गरि परराष्ट्र मन्त्रालयको बदनाम गरिएको एक एनआरएनए पदाधिकारीले नै बताए ।
परराष्ट्र मन्त्रालय स्रोतले त्यस्तो कुनै समिति गठन नगरिएको जनाउदै तेस्ता किर्ते कागजातको छानविन गरि कारवाही अगाडी बढाईने जनायो । सँस्था नै दर्ता रहेको नियमनकारी निकाय परराष्ट्र मन्त्रालयको निर्णय विरुद्ध नै परराष्ट्र मन्त्रालय यहाँका जिम्मेवार पदाधिकारी बिरुद्द अदालतमा मुद्दा हाल्ने बर्तमान कार्यसमिती संग मन्त्रालयले सहकार्य नगर्ने मन्त्रालय स्रोतले दावी गर्यो । स्रोतले भन्यो बर्तमान कार्यसमिती त परराष्ट्र मन्त्रालयले खारेज गरिसकेको छ ।

स्रोत: राष्ट्रिय जनसवाल दैनिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *