मानव बेचबिखन तथा ओसार पसार मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ

२०७८ चैत्र ३, बिहीबार १९:२६ गते २०७८ चैत्र ३, बिहीबार १९:२६ गते २०७८ चैत्र ३, बिहीबार १९:२६ गते

झापा, ३ चैत – मानव बेचबिखन तथा ओसार पसार मुद्दाका ३ जना फरार प्रतिवादीलाई जिल्ला
प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कमल गाउँपालिका-४ बस्ने ४४ वर्षीया सिता केरुङ सम्बाहाम्फे,
५० वर्षीय ईन्द्र सम्बाहाम्फे र ४३ वर्षीय हंशराज केरुङ रहेका छन् । सर्वोच्च अदालतको
२०७४ असार २८ गतेको फैसला अनुसार उक्त मुद्दामा उनीहरूलाई जनही ७ वर्ष ६ महिना
कैद तथा १ लाख रुपैयाँ जरिवाना र पीडितलाई जनही ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनु
पर्ने सजाय ठहर भएको थियो ।

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित
गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने
कार्य भइरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *