अवैध लागूऔषध सहित पक्राउ

२०७८ चैत्र ५, शनिबार १७:०८ गते २०७८ चैत्र ५, शनिबार १७:०८ गते २०७८ चैत्र ५, शनिबार १७:०८ गते

काठमाडौं, ५ चैत
कास्की, पोखरा महानगरपालिका-१४ रातोडाँडाबाट नियन्त्रित लागूऔषध
फेनारागन ४५ एम्पुल, डाइजेपाम ४५ एम्पुल र नुर्फिन ४५ एम्पुल सहित सोही
महानगरपालिका-११ रानीपौवा बस्ने मादी गाउँपालिका-३ घर भएका २५ वर्षीय राजेन्द्र
परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट
खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बारा, बिश्रामपुर गाउँपालिका-१ बह्रम चोकबाट करिब २० ग्राम अवैध लागूऔषध
ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित भारत मोतीहारी पूर्बी चम्पारण बिहार कुसमाहबा
टोल बस्ने ३६ वर्षीय मोहमद मासुमलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एफ ५१५६ नम्बरको मोटरसाइकललाई
सिमा प्रहरी चौकी छतवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक मोहमद मासुमलाई
उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट ८ सय ट्याब्लेट प्रतिबन्धित
औषधि ट्रामाडोलसहित दाङ तुल्सीपुर उपमहानगरपालिका-१८ बस्ने २२ वर्षीय बिकास
विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट
खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका विकलाई उक्त औषधिसहित फेला पारी
पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *