काठमाडौं, ५ चैत
भक्तपुर, कास्की, कैलाली, सर्लाही, रुकुम (पूर्व), अछाम, मोरङ, सुनसरी, डोटी,
बझाङ, सप्तरी, चितवन, सुर्खेत र प्युठानका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी
दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ ।
भक्तपुर, मध्यपुर थिमी नगरपालिका-३ कौशलटार चोक नजिक ना.७ त २७७४
नम्बरको बालुवा सिमेन्ट घोल्ने मिक्सचर बोकेको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार
ललितपुर ईमाडोल बस्ने उदयपुर गाईघाट घर भएका १८ वर्षीय प्रदिप कार्कीको शुक्रबार
राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको समिट अस्पताल हुँदै थप
उपचारको लागि ट्रमा सेन्टरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्की, माछापुच्छ्रे गाउँपालिका-८ पादी खोलास्थित सडकमा लुम्रेबाट
कालीमाटीतर्फ जाँदै गरेको ग.२ च ३९३१ नम्बरको गाडी सडकबाट अन्दाजी २ सय मिटर
तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा गाडी चालक माछापुच्छ्रे गाउँपालिका-६ अस्ताम
बस्ने ३५ वर्षीय बल बहादुर भुजेलको मृत्यु भएको छ ।
कैलाली, टिकापुर नगरपालिका-४ अस्नेरीमा से.३ प ९७४६ नम्बर र लु.७४ प
४०७४ नम्बरका दुई मोटरसाइकल आपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा २
जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका से.३ प ९७४६ नम्बरको
मोटरसाइकल चालक टिकापुर नगरपालिका-२ बन्दीपुर बस्ने १७ वर्षीय मञ्जिल कार्कीको
टिकापुर अस्पतालमा र लु. ७४ प ४०७४ नम्बरको मोटरसाइकलमा सवार बर्दिया राजापुर
नगरपालिका-१ बस्ने २३ वर्षीय प्रजापति चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचारको
क्रममा मृत्यु भएको हो । अर्का १ जना घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार
भइरहेको छ ।
सर्लाही, कबिलासी नगरपालिका-६ जमुनियामा बिआर ३० क्यू ५२९२ नम्बर र
बिआर ०६ सिएफ ५३५७ नम्बरका दुई मोटरसाइकल शुक्रबार दिउँसो आपसमा ठक्कर खाई
दुर्घटना हुँदा बिआर ३० क्यू ५२९२ नम्बरको मोटरसाइकल चालक कबिलासी
नगरपालिका-२ पिपरया बस्ने २८ वर्षीय धर्मेन्द्र रामको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर
घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही
अस्पतालमा उपचार भइरहेको छ ।
रुकुम (पूर्व), पुथाउत्तरगंगा गाउँपालिका-१२ गरखानीमा रा.१ त ३३७३ नम्बरको
ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार हाल नाम, थर, वतन नखुलेका
अन्दाजी २३ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको
जिल्ला अस्पताल रुकुमकोटमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका
ट्याक्टरमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार
ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
अछाम, मंगलसेन नगरपालिका-९ कैलाश खोला नजिक से.६ प १८९९ नम्बरको
मोटरसाइकल शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका
वलीगाउँ बस्ने ४० वर्षीय माधव शर्माको घटनास्थलमै मृत्यु भएको छ ।
मोरङ, ग्रामथान गाउँपालिका-१ लखन्तरीमा को.२५ प ८५५९ नम्बरको
मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक कटहरी गाउँपालिका-५
बस्ने १६ वर्षीय आलोक बिश्वास र मोटरसाइकलमा सवार ग्रामथान गाउँपालिका-१ बस्ने
१८ वर्षीय रिसब चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको
बिराट टिचिङ अस्पातालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार
अर्का १ जना घाइतेको सोही अस्पातालमा उपचार भइरहेको छ ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-१ खहरेखोलास्थित सडकमा को.२९ प ६२०६
नम्बर र को.९ प ३३७२ नम्बरका दुई मोटरसाइकल शुक्रबार दिउँसो एक-आपसमा ठक्कर
खाई दुर्घटना हुँदा को.९ प ३३७२ नम्बरको मोटरसाइकलका चालक बराहक्षेत्र
नगरपालिका-२ बस्ने २६ वर्षीय अमृत पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते
भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा
घाइते भएका को.२९ प ६२०६ नम्बरको मोटरसाइकलमा सवार अन्य २ जनाको सोही
अस्पताल हुँदै थप उपचारको लागि विराट नर्सिङ विराटनगर पठाइएको छ ।
डोटी, आदर्श गाउँपालिका-२ साँउदकाडामा सु.प.प्र.०१००२त ६५४२ नम्बरको
ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने करन साउदको छोरा ८ वर्षीय दुरज साउदको शुक्रबार
दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बझाङ, बुङगल नगरपालिका-४ तम्तोलामा झापाबाट बिजगडातर्फ जाँदै गरेको
सु.प.प्र.०१-०१०प ७०९० नम्बरको मोटरसाइकल आफै अनियन्त्रि भई शुक्रबार दिउँसो
दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ बस्ने ३२ वर्षीय सुरेश कुँवरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र देउरा बझाङमा उपचारको
क्रममा मृत्यु भएको हो ।
सप्तरी, अग्निसाईर कृष्णसावरण गाउँपालिका-६ रत्वालामा स.१ च १६८३ नम्बरको
गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय दु:खीलाल लेखीको शुक्रबार दिउँसो
मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धर्मेश्वर अस्पताल ठेलिया हुँदै
राजविराजमा थप उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको छ ।
चितवन, भरतपुर महानगरपालिका-१ लिला चोकमा ना.२ ह २८५४ नम्बरको
अटोलाई ना.१ ज ६९४२ नम्बरको म्याजिकले शनिबार बिहान ठक्कर दिँदा अटोमा सवार
झापा दमक नगरपालिका-५ बस्ने ७६ वर्षीय सोम प्रसाद पोख्रेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको
हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार २ जनाको सोही अस्पतालमा र अटो
चालकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उक्त म्याजिकले अटोलाई
ठक्कर दिई पुन: ना.१ ज ५१३६ नम्बरको म्याजिकलाई समेत ठक्कर दिएको थियो । तीन वटै
सवारी साधन र म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ स्थित सडकमा भे.७ प १७९९ नम्बरको
मोटरसाइकल भे.१ ख ३३०२ नम्बरको टिपरको पछाडी ठोक्किएर शनिबार दिउँसो दुर्घटना
हुँदा मोटरसाइकलमा सवार लेकवेशी नगरपालिका-५ नेटा बस्ने १७ वर्षीया लक्ष्मी
पुलामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको कर्णाली प्रदेश अस्पताल
कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । साथै मोटरसाइकलमा सवार
लेकवेशी नगरपालिका-५ नेटा बस्ने १७ वर्षीया सन्दिपा पुलामीको सोही अस्पतालमा
उपचार भइरहेको छ । टिपर चालकलाई नियन्त्रणमा लिई हाल फरार मोटरसाइकल
चालकको प्रहरीले खोजी गरिरहेको छ ।
प्युठान, माण्डबी गाउँपालिका-२ सेतोपहरामा ना.३ ख ७१३२ नम्बरको बस आफै
अनियन्त्रित भई सडकदेखि अन्दाजी ३० मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा
बसमा सवार दाङ घोराही उपमहानगरपालिका-३ बनजोड बस्ने २६ वर्षीया साबित्री
परियारको छोरा १ वर्षीय अंशु परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते
भएका उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका बस चालक समेत २२ जनाको सोही अस्पतालमा उपचार
भइरहेको छ ।
दुर्घटनास्थलमा आवश्यक उद्दार कार्य गर्नुको साथै दुर्घटना सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0