छुट्टाछुट्टै स्थानमा मृत अवस्थामा फेला

२०७८ चैत्र ५, शनिबार १७:२४ गते २०७८ चैत्र ५, शनिबार १७:२४ गते २०७८ चैत्र ५, शनिबार १७:२४ गते

काठमाडौं, ५ चैत काठमाडौं, नागार्जुन नगरपालिका-४ सितापाईलास्थित टहरामा बस्ने हाल वतन
नखुलेका अन्दाजी ३५ वर्षीय मिलन कार्की सोही टहरामा शनिबार मृत अवस्थामा फेला
परेका छन् ।

दोलखा, भिमेश्वर नगरपालिका-४ जिलु जंगलमा सोही नगरपालिका-६ बस्ने बिगु
गाउँपालिका-७ घर भएका ६३ वर्षीय छिनर्वु शेर्पा शुक्रबार मृत अवस्थामा फेला परेका छन्
। गत मंगलबारदेखि हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला
परेको हो ।

पाल्पा, रामपुर नगरपालिका-८ आपचौरस्थित कालीगण्डकी नदीमा स्याङ्जा
गल्याङ नगरपालिका-१ मालुङगा घर भएका ६० वर्षीय मान बहादुर बिक शुक्रबार मृत
अवस्थामा फेला परेका छन् । रम्भा गाउँपालिका-१ हुँगी बस्ने उनकै दाजुसँग भेटघाट गरी
आफ्नो घर हिँडेका उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला
परेको हो ।

झापा, मेचीनगर नगरपालिका-८ स्थित निन्दा खोलाको किनारमा बुद्धशान्ति
गाउँपालिका-५ बस्ने ४५ वर्षीय गोपाल कोईराला शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरी, ईटहरी उपमहानगरपालिका-५ शान्ती टोल बस्ने ६८ वर्षीय नेत्र भण्डारी
सोही ठाउँस्थित सुकुमारी खोलाको पानीमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

कास्की, पोखरा महानगरपालिका-२५ हेम्जास्थित याम्दी खोलामा सोही ठाउँस्थित
हेम्जा मानव सेवा आश्रममा बस्ने स्याङ्जा अर्जुन चौपारी गाउँपालिका-८ घर भएका ४६
वर्षीय श्रीप्रसाद गुरुङ शनिबार मृत अवस्थामा फेला परेका छन् ।

तनहुँ, भिमाद नगरपालिका-३ माझकोट पिपल भन्ज्याङ बस्ने ४६ वर्षीया यम
कुमारी थापा घर नजिकैको कुवामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । कुवामा
पानी लिन गएकी उनको शव फेला परेको हो ।

सप्तरी, महादेवा गाउँपालिका-१ सोनरा बस्ने डम्बर नारायण यादवको छोरा ९
वर्षीय कमल यादव घरभित्र सुतिरहेको अवस्थामा शनिबार मृत फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *