काठमाडौं, ५ चैत – काठमाडौं महानगरपालिका-१५ कारखाना चोकस्थित मन्जुश्री यातायात प्रालिको
बस ग्यारेजबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं नागार्जुन नगरपालिका-२
गौरीगाउँ बस्ने सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका-२ घर भएका ४९ वर्षीय दोर्जे तामाङ
लगायत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त
स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६१ हजार रूपैयाँ र ३ बुक तास
सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-९ शम्भूमार्गस्थित ४५ वर्षीय पशुपति राईको
न्यौपाने खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा राई लगायत १० जनालाई शुक्रबार
साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले
उनीहरूलाई नगद ४० हजार ९ सय रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको
हो ।
ललितपुर, ललितपुर महानगरपालिका-८ सुन्धारा डेरा गरी बस्ने रजित महर्जनको
कोठामा जुवा खेलिरहेको अवस्थामा सोही महानगरपालिका-८ सुन्धारा बस्ने श्याम महर्जन
लगायत ११ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा
महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी प्रभाग मंगलबजारबाट खटिएको
प्रहरीले उनीहरूलाई नगद ६ लाख ९८ हजार ८ सय ४५ रूपैयाँ, कौडा २२ थान, पासा
खेल्न प्रयोग हुने लामो गोटी ३ थान, सानो गोटी १६ थान र पासा खेल्न प्रयोग हुने थर्पु
कपडा १ थान सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0